राजदूत पाण्डेद्वारा राष्ट्र हित र आवश्यक्ता अनुरुप काम गर्ने प्रतिवद्धता

काठमाडौं । जनवादी गणतन्त्र चीनका लागि नेपाली राजदूतमा नियुक्त भएका महेन्द्र बहादुर पाण्डेले राष्ट्र हित र आवश्यक्ता अनुरुप काम गर्ने बताए ।

आइतबार काठमाडौंमा आयोजित एक कार्यक्रममा बोल्दै पाण्डेले सरकारले दुवै छिमेकी राष्ट्रसँग मित्रवत सम्बन्ध कायम गरेकाले आफुले चीनमा रहँदा पनि सोही अनुरुप नै काम गर्ने बताए । उनले मित्रराष्ट्रसँगको सम्बन्ध राष्ट्रहित र राष्ट्रको आवश्यकता परिपूर्ति तथा जनताको चाहना र भावनालाई सम्बोधन हुने गरी राखिने बताए । उनले आफु जिम्मेवार रही ठिक ढंगले भूमिका निर्वाह गर्ने सम्बन्धमा प्रतिवद्ध रहेको समेत बताए ।

पाण्डेलाई गत वैशाख ५ गते राष्ट्रपति विद्यादेवि भण्डारीले संविधानको धारा २८२ बमोजीम मन्त्रिपरिषद्को सिफारिसमा चीनका लागि नेपालको आवासीय राजदूतमा नियुक्त गरेका थिए ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?