काठमाडौं । पाकिस्तामा कोरोनाको कारण एक मन्त्रीको मृत्यु भएको छ । मृत्यु हुनेमा सिन्ध राज्यका मानव व्यवस्थापनसम्बन्धी मन्त्री गुलाम मुतुर्जा बलोच रहेका छन् ।
अस्पतालमा उपचारका क्रममा मन्त्री बलोचको मृत्यु भएको सिन्ध राज्यका शिक्षा मन्त्री सइद गनीले सञ्चार माध्यमलाई बताए ।
उनलाई केहिदिन अघि मात्र कोरोना संक्रमण पुष्टि भएको थियो । कोरोना संक्रमण पुष्टि भएसँगै घरमा नै उपचार गरिरहेका उनको स्वास्थ्यमा समस्या आएपछि अस्पताल लगिएको थियो । बीबीसीका अनुसार अस्पतालमा भेन्टिलेटरमा राखेर उपचार गराइरहेका उनको मंगलवार मृत्यु भएको हो ।
उनी सन् २०१६ मा विधानसभा सदस्यमा निर्वाचित भएका थिए ।
साथै उनी बलोच पाकिस्तान पिपुल्स पार्टी कराँचीका अध्यक्षसमेत रहेका छन् ।
यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?










प्रतिक्रिया