रसिया, स्पेन र बेलायतमा कस्तो छ कोरोनाको अवस्था ?

काठमाडौं । रसियामा बितेको २४ घण्टामा ८ हजार ८ सय ६३ जनामा कोरोना संक्रमण देखिएसँगै कुल संक्रमितको संख्या ४ लाख २३ हजार ७ सय ४१ जना पुगेको छ । यो समाचार तयार पार्दासम्म रसियामा ५ हजार ३७ जनाको कोरोनाको कारण ज्यान गएको छ । हालसम्म १ लाख ८६ हजार ९ सय ८५ जना कोरोना उपचारपछि निको भएर घर फर्किएको अवस्थामा बितेको २४ घण्टामा मात्र १ सय ८२ जनाको कोरोनाको कारण ज्यान गएको छ ।

स्पेनमा बितेको २४ घण्टामा कोरोनाको असर देखिएको छैन् । हालसम्म स्पेनमा २७ हजार १ सय २७ जनाको कोरोनाको कारण ज्यान गएको छ । हालसम्म संक्रमितमध्ये ६ सय १७ जनाको अवस्था गम्भीर रहेको छ । भने हालसम्म २ लाख ८६ हजार ७ सय १८ जनामा कोरोना संक्रमण देखिएको छ ।

त्यस्तै बेलायतमा हालसम्म कोरोनाको कारण ज्यान गुमाउनेको संख्या ३९ हजार ४५ पुगेको छ । यो समाचार तयार पार्दासम्म त्यहाँ २ लाख ७६ हजार ३ सय ३२ जनामा कोरोना संक्रमण देखिएको छ । त्यस्तै संक्रमितमध्ये १ हजार ५ सय ५९ जनाको अवस्था गम्भीर रहेको वल्डोमिटरको तथ्यांकले देखाएको छ ।

विश्वव्यापी महामारीको रुपमा फैलिएको कोरोना भाइरस(कोभिड १९) को कारण विश्वभर यो समाचार तयार पार्दासम्म ३ लाख ७९ हजार ५ सय ९० जनाको ज्यान गएको छ । त्यस्तै हालसम्म ६४ लाख २८ हजार ७ सय २८ जनामा कोरोना संक्रमण देखिएको छ । वल्डोमिटरको तथ्यांक अनुसार २९ लाख ४३ हजार ७ सय ६६ जना कोरोना उपचारपछि निको भएर घर फर्किएका छन् भने संक्रमितमध्ये ५४ हजार २ सय ५६ जनाको अवस्था गम्भीर रहेको छ ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?