काठमाडौं । विश्वव्यापी महामारीको रुपमा फैलिएको कोरोना भाइरस(कोभिड १९) को कारण विश्वभर यो समाचार तयार पार्दासम्म ३ लाख ७९ हजार ५ सय ९० जनाको ज्यान गएको छ । त्यस्तै हालसम्म ६४ लाख २८ हजार ७ सय २८ जनामा कोरोना संक्रमण देखिएको छ । वल्डोमिटरको तथ्यांक अनुसार २९ लाख ४३ हजार ७ सय ६६ जना कोरोना उपचारपछि निको भएर घर फर्किएका छन् भने संक्रमितमध्ये ५४ हजार २ सय ५६ जनाको अवस्था गम्भीर रहेको छ ।
संयुक्त राज्य अमेरिकामा हालसम्म कोरोना भाइरस (कोभिड १९) को असर सबैभन्दा बढी देखिएको छ । यो समाचार तयार पार्दासम्म अमेरिकामा कोरोनाको कारण ज्यान गुमाउनेको संख्या १ लाख ७ हजार ३ सय ५२ जना पुगेको छ । हालसम्म त्यहाँ १८ लाख ६६ हजार ३ सय ७६ जनामा कोरोना संक्रमण देखिएको छ । बितेको २४ घण्टामा मात्र ७ हजार ५२ जनामा कोरोना संक्रमण देखिएको र ४ सय २७ जना कोरोनाको कारण ज्यान गुमाएका छन् । त्यस्तै हालसम्म ६ लाख १६ हजार ८ सय ५६ जना कोरोना उपचारपछि निको भएर घर फर्किएका छन् भने संक्रमितमध्ये १६ हजार ९ सय ४९ जनाको अवस्था गम्भीर रहेको वल्डोमिटरको तथ्यांकले देखाएको छ ।
त्यस्तै ब्राजिलमा हालसम्म ५ लाख ३१ हजार ७ सय ६८ जना मानिसमा कोरोना संक्रमण देखिएको छ । बितेको २४ घण्टामा मात्र कोरोनाको कारण १ सय ६ जनाले ज्यान गुमाएका र २ हजार ३ सय ६३ जनामा कोरोना संक्रमण देखिएको छ । हालसम्म त्यहाँ ३० हजार १ सय ५२ जनाको कोरोनाको कारण ज्यान गुमाएका छन् । त्यस्तै हालसम्म २ लाख ११ हजार ८० जनाको ज्यान गएको छ भने संक्रमितमध्ये ८ हजार ३ सय १८ जनाको अवस्था गम्भीर रहेको वल्डोमिटरको तथ्यांकले देखाएको छ ।
रसियामा बितेको २४ घण्टामा ८ हजार ८ सय ६३ जनामा कोरोना संक्रमण देखिएसँगै कुल संक्रमितको संख्या ४ लाख २३ हजार ७ सय ४१ जना पुगेको छ । यो समाचार तयार पार्दासम्म रसियामा ५ हजार ३७ जनाको कोरोनाको कारण ज्यान गएको छ । हालसम्म १ लाख ८६ हजार ९ सय ८५ जना कोरोना उपचारपछि निको भएर घर फर्किएको अवस्थामा बितेको २४ घण्टामा मात्र १ सय ८२ जनाको कोरोनाको कारण ज्यान गएको छ ।
स्पेनमा बितेको २४ घण्टामा कोरोनाको असर देखिएको छैन् । हालसम्म स्पेनमा २७ हजार १ सय २७ जनाको कोरोनाको कारण ज्यान गएको छ । हालसम्म संक्रमितमध्ये ६ सय १७ जनाको अवस्था गम्भीर रहेको छ । भने हालसम्म २ लाख ८६ हजार ७ सय १८ जनामा कोरोना संक्रमण देखिएको छ ।
त्यस्तै बेलायतमा हालसम्म कोरोनाको कारण ज्यान गुमाउनेको संख्या ३९ हजार ४५ पुगेको छ । यो समाचार तयार पार्दासम्म त्यहाँ २ लाख ७६ हजार ३ सय ३२ जनामा कोरोना संक्रमण देखिएको छ । त्यस्तै संक्रमितमध्ये १ हजार ५ सय ५९ जनाको अवस्था गम्भीर रहेको वल्डोमिटरको तथ्यांकले देखाएको छ ।
त्यस्तै इटालीमा हालसम्म कोरोनाको कारण ३३ हजार ५ सय ३० जनाको ज्यान गएको छ । बितेको २४ घण्टामा मात्र ५५ जनाले ज्यान गुमाएका र ३ सय १८ जनामा कोरोना संक्रमण देखिएको वल्डोमिटरको तथ्यांकले देखाएको छ । त्यस्तै हालसम्म १ लाख ६० हजार ९२ जना कोरोना उपचारपछि निको भएर घर फर्किएको अवस्थामा २ लाख ३३ हजार ५ सय १५ जनामा कोरोना संक्रमण देखिएको छ । भने संक्रमितमध्ये ४ सय ८ जनाको अवस्था गम्भीर रहेको छ ।
त्यस्तै छिमेकी देश भारतमा हालसम्म कोरोनाको कारण ५ हजार ८ सय २० जनाले ज्यान गुमाएका छन् । यो समाचार तयार पार्दासम्म २ लाख ६ हजार ५ सय ८८ जनामा कोरोना संक्रमण देखिएको छ । बितेको २४ घण्टामा मात्र ८ हजार २ सय १८ जनामा कोरोना संक्रमण देखिएको र २ सय १२ जनाको कोरोनाको कारण ज्यान गएको छ । त्यस्तै हालसम्म ९९ हजार ८ सय ९१ जना कोरोना उपचारपछि निको भएर घर फर्किएका छन् भने संक्रमितमध्ये ८ हजार ९ सय ४४ जनाको अवस्था गम्भीर रहेको वल्डोमिटरको तथ्यांकले देखाएको छ ।
त्यस्तै फ्रान्समा हालसम्म कोरोनाको कारण २८ हजार ८ सय ३३ जनाले ज्यान गुमाएका छन् । यो समाचार तयार पार्दासम्म फ्रान्समा १ लाख ८९ हजार २ सय २० जनामा कोरोना संक्रमण देखिएको छ । त्यस्तै हालसम्म ६८ हजार ४ सय ४० जना कोरोना उपचारपछि निको भएर घर फर्किएका छन् भने संक्रमितमध्ये १ हजार ३ सय २ जनाको अवस्था गम्भीर रहेको वल्डोमिटरको तथ्यांकले देखाएको छ ।
जर्मनीमा हालसम्म कोरोनाको कारण ज्यान गुमाउनेको संख्या ८ हजार ६ सय ३९ पुगेको छ । यो समाचार तयार पार्दासम्म त्यहाँ १ लाख ८३ हजार ९ सय ८४ जनामा कोरोना संक्रमण देखिएको छ । बितेको २४ घण्टामा मात्र कोरोनाको कारण २१ जनाको ज्यान गएको र २ सय १९ जनामा कोरोना संक्रमण देखिएको छ ।
त्यस्तै पेरुमा हालसम्म कोरोनाको कारण ४ हजार ६ सय ३४ जनाको ज्यान गएको छ । यो समाचार तयार पार्दासम्म १ लाख ७० हजार ३९ जनामा कोरोना संक्रमण देखिएको छ । त्यस्तै संक्रमितमध्ये ६८ हजार ५ सय ७ जना कोरोना उपचारपछि निको भएर घर फर्किएका छन् भने ६ सय ७७ जनाको अवस्था गम्भीर रहेको छ ।
टर्कीमा हालसम्म कोरोनाको कारण ४ हजार ५ सय ८५ जनाले ज्यान गुमाएका छन् । यो समाचार तयार पार्दासम्म १ लाख ६५ हजार ५ सय ५५ जनामा कोरोना संक्रमण देखिएको छ । भने संक्रमितमध्ये १ लाख २९ हजार ९ सय २१ जनामा कोरोना उपचारपछि निको भएर घर फर्किएका छन् ।
त्यस्तै इरानमा हालसम्म कोरोनाको कारण ज्यान गुमाउनेको संख्या ७ हजार ९ सय ४२ पुगेको ९ सय ४२ पुगेको छ । यो समाचार तयार पार्दासम्म १ लाख ५७ हजार ५ सय ६२ जनामा कोरोना संक्रमण देखिएको छ । बितेको २४ घण्टामा मात्र ६४ जनाको कोरोनाको कारण ज्यान गएको र ३ हजार बढीमा कोरोना संक्रमण देखिएको छ ।
यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?










प्रतिक्रिया