काठमाडौं – नेपालमा कोरोना संक्रमितको संख्या दिन प्रतिदिन बढ्दै गएको छ । आजमात्रै नेपालमा २ सय ८८ जना संक्रमित थपिए ।
स्वास्थ्य तथा जनसंख्या मन्त्रालयले दिएको पछिल्लो जानकारी अनुसार नेपालमा गत २४ घण्टामा मात्रै थप २ जना रेड जोनमा परेका छन् । हालसम्म यसरी रेड जोनमा पर्नेहरुको संख्या ४ सय ६३ पुगेको छ । गत २४ घण्टामा कुल १ हजार ३ सय ६९ जनाले यस्तो विवरण भरेकोमा पछिल्लो पटक थप २ जनालाई मन्त्रालयले उनीहरुको लक्षणका आधारमा संभावित संक्रमितको सूचीमा राखेको हो । यसैलाई ‘रेड जोन’ भनिन्छ ।
कोरोनासँग मिल्दोजुल्दो लक्षण, ‘ट्राभल हिष्ट्रि’ आदी कुराको आधारमा यो ‘जोन’ छुट्याईन्छ । थपिएका २ जना काठमाडौंं र चितवनका हुन् । उनीहरुलाई ईपिडिमियोलोजी तथा रोग नियन्त्रण महाशाखाबाट सम्पर्क गरी परीक्षणको दायरामा ल्याउने काम भइरहेको स्वास्थ्य तथा जनसंख्या मन्त्रालयले जनाएको छ ।
मन्त्रालयको मोबाईल एप र वेवपेजमा दिईएको फाराम भरेर स्वमूल्याङ्कन गर्नेहरुमा आधारीत रहेर उनीहरुमा संक्रमण भए नभएकोबारे मन्त्रालयले लगत लिइरहेको छ । यो फाराम तपाईले पनि भर्न सक्नुहुन्छ ।
सबैभन्दा धेरै प्रदेश २ मा
प्रदेश नम्बर १ को ९ वटा जिल्लामा संक्रमण फैलिएको छ । त्यहाँ कुल एक सय ६८ जना संक्रमित रहेका छन् । प्रदेश नम्बर २ मा सबै आठै जिल्लामा फैलिएका संक्रमणबाट ८ सय १६ जना संक्रमित भएका छन् । वाग्मती प्रदेशमा १२ जिल्लामा संक्रमण फैलिएको छ भने ५४ जना संक्रमित भएका छन् । गण्डकी प्रदेशका ७ जिल्लामा फैलिएको छ भने ३७ जना संक्रमित छन् । प्रदेश ५ मा ११ वटा जिल्लामा संक्रमण फैलिएको छ भने ६९९ जना संक्रमित छन् । कर्णाली प्रदेशमा ५ जिल्लामा संक्रमण फैलिएको छ भने २ सय ५२ जना संक्रमित भएका छन् । त्यस्तै सुदूरपश्चिम प्रदेशका सबै ९ वटा जिल्लामा संक्रमण फैलिएको छ भने ७३ वटा जिल्लामा संक्रमण फैलिएको छ ।
आज नेपालमा थप २ वटा नयाँ जिल्लामा संक्रमण देखिएसँगै नेपालका ६१ जिल्लामा संक्रमण फैलिएको छ । आज प्यूठान र पर्वतमा संक्रमण देखिएको हो ।
नेपालमा फेरी थपिए २८८ जना कोरोना संक्रमित, कुल संख्या २ हजार ९९ पुग्यो
नेपालमा आज (मंगलवार) एकैपटक २८८ जनामा कोरोना संक्रमण पुष्टि भएको छ । योसँगै नेपालमा कुल संक्रमितको संख्या २ हजार ९९ पुगेको हो । स्वास्थ्य मन्त्रालयको नियमित मिडिया ब्रिफिङमा मन्त्रालयका प्रवक्ता डाक्टर विकास देवकोटाले नेपालमा आज एकैपटक २८८ जनामा कोरोना संक्रमण पुष्टि भएको जानकारी दिए ।
यस्तो छ आज थपिएकाहरुको वृस्तित विवरण :
आज २ सय ८८ कोरोना संक्रमित थपिएका छन् । जसमध्ये २७० जना पुरुष र १८ जना महिला रहेको स्वास्थ्य तथा जनसंख्या मन्त्रालयले जनाएको छ ।
धुलिखेल अस्पतालमा गरिएको परीक्षणका क्रममा ३८ जनाको कोरोना पोजेटिभ आएको छ । उनीहरु सबै रौतहटका रहेका छन् । प्रला, गौर, यमुनामाई, राजदेवी नगरपालिकाका रहेका छन् । जसमध्ये एक ८ वर्षीय बालिकासहित अन्य १३ देखी ६० वर्ष उमेरका पुरुषहरु रहेका छन् ।
प्रदेश जनस्वास्थ्य प्रयोगशाला पोखरामा गरिएको परीक्षणका क्रममा १० जनाको कोरोना पोजेटिभ आएको छ । उनीहरु मध्ये स्याङजा चापाकोटका ५ जना १० देखि ४० वर्ष उमेर समुहका पुरुषहरु, त्यस्तै पर्वतको फलेवास, महाशिलाको क्वारेन्टाइनमा रहेका ५ जनामा कोरोना संक्रमण पुष्टि भएको छ । उनीहरु १९ देखि ४० वर्ष उमेरसमुहका पुरुषहरु रहेको मन्त्रालयले जनाएको छ ।
त्यस्तै धरानस्थित विपि कोइराला स्वास्थ्य विज्ञान प्रतिष्ठानमा गरिएको परीक्षणका क्रममा १ जनाको कोरोना पोजेटिभ आएको छ । उनी सप्तरी रामघटका २० वर्षीय पुरुष रहेका छन् ।
त्यस्तै भेरी अस्पतालको प्रयोगशालामा गरिएको परीक्षणका क्रममा २० जनामा कोरोना संक्रमण देखिएको छ ।
जसमध्ये बर्दिया गुलरियाका ३ जना २० देखि ३४ वर्ष उमेरसमुहका पुरुष, बाँके खजुरा नगरपालिका, नरैनापुर गाउँपालिका र राप्ती सोनारी गाउँपालिकाका १७ जनामा कोरोना पोजेटिभ आएको छ । उनीहरु १७ देखि ४५ वर्ष उमेर समुहका पुरुषहरु रहेको मन्त्रालयले जनाएको छ ।
सुर्खेतमा गरिएको परीक्षणका क्रममा ६४ जनामा कोरोना संक्रमण पुष्टि भएको छ । जसमध्ये सुर्खेत विरेन्द्रनगर, लेकबेसी, पञ्चपुरी र भेरिगंगाका गरी २७ जनामा कोरोना पोजेटिभ आएको छ । ८ वर्षीया बालिकासहित ३ महिला र ४ वर्ष उमेरका बालकसहित अन्य ६१ वर्ष उमेर समुहका २४ जना पुरुष रहेको मन्त्रालयले जनाएको छ । त्यस्तै दैलेखका ९ जनाको कोरोना पोजेटिभ आएको छ । उनीहरु १७ देखि ३१ वर्ष उमेरका रहेका छन् । नारायणपुर, चमुन्डाबिन्दासैनी र नौमुले गाउँपालिकाका रहेका छन् ।
त्यस्तै सल्यानका बनगाडकुपिन्डे र दार्मा गाउँपालिकाका १८ जना १७ देखि ५० वर्ष उमेर समुहका व्यक्तिहरुमा कोरोना पोजेटिभ देखिएको छ । त्यस्तै अछाम चौरपाटी र मंगलसेनका १० जना रहेका छन् । जसमध्ये २७ र ३० वर्षीय महिला र अन्य २२ देखि ४० वर्ष उमेर समुहका पुरुषहरु रहेका छन् ।
त्यस्तै हेटौँडाको किटजन्य रोग अनुसन्धान तथा तालिम केन्द्रमा गरिएको परीक्षणका क्रममा १ जनामा कोरोना पोजेटिभ आएको छ । उनी बारा देबतालका १ जना १८ वर्ष उमेरका पुरुष रहेका छन् ।
त्यस्तै राप्ती स्वास्थ्य विज्ञान प्रयोगशाला दाङमा गरिएको परीक्षणका क्रममा दाङ बग्लाचुली गाउँपालिका, राप्ती गाउँपालिका र घोराही उपमहानगरपालिकाका १७ जना रहेका छन् । उनीहरुमध्ये ११ वर्षदेखी ३५ वर्ष उमेर समुहका महिला तथा १८ देखि ५४ वर्ष उमेर समुहका पुरुषहरु रहेका छन् । त्यस्तै स्वर्गद्वारी नगरपालिका प्यूठानका १ जना ५९ वर्षीय पुरुष रहेका छन् ।
त्यस्तै सेती अस्पतालमा गरिएको परीक्षणका क्रममा १८ जनामा कोरोना पोजेटिभ आएको छ । उनीहरुमध्ये कंचनपुर नगरपालिका र पुनर्वास नगरपालिकाका ८ जना २८ देखि ५० वर्ष उमेर समुहका पुरुषहरु रहेका छन् । त्यस्तै कैलालीको टिकापुर नगरपालिका, गौरीगंगा गाउँपालिकाका राजिपुर क्वारेन्टाइनमा रहेका १० जना रहेका छन् । उनीहरुमध्ये १ जना १८ वर्षीय महिला र २० देखि ६३ वर्ष उमेर समुहका अन्य ९ जना पुरुषहरु रहेका छन् ।
राष्ट्रिय जनस्वास्थ्य प्रयोगशाला टेकुमा गरिएको परीक्षणका क्रममा १ सय १८ जनामा कोरोना पोजेटिभ आएको छ । उनीहरु मध्ये धनुषा हंशपुर धौली गांगुलीका ६ जना १५ देखि ५० वर्ष उमेर समुहका पुरुषहरु रहेका छन् ।
महोत्तरी रामगोपालपुरका २ जना २४ र ४५ वर्षीय पुरुषहरु, रौतहट दुर्गा भगवती राजपुर फर्दवा गढिमाइ क्वारेन्टाइनमा रहेका ३६ जनामा पनि कोरोना पुष्टि भएको छ । १२ वर्षका बालकदेखि ४८ वर्ष उमेर समुहका पुरुषहरु रहेका छन् ।
त्यस्तै सर्लाही बलरा ब्रामपुरी क्वारेन्टाइनमा रहेका २१ जना १३ वर्षीय बालकदेखि ४० वर्ष उमेर समुहका पुरुषहरु रहेका छन् ।
त्यस्तै सिरहा सुर्य नारायण सत्य नारायणका १७ जनामा पनि कोरोना संक्रमण पुष्टि भएको छ । उनीहरु १६ देखि ४२ वर्ष उमेर समुहका सबै पुरुष रहेका छन् ।
त्यस्तै गरी भक्तपुर चाँगुनारायणका एक जना ३० वर्षीया महिला, धादिङ घर भएकी एक जना २३ वर्षीया महिलामा कोरोना पोजेटिभ देखिएको छ । उनी परोपकार प्रसुतीगृहमा उपचाररत रहेकी छिन् ।
त्यसैगरी कपिलवस्तु चन्द्रौटाका १६ जना रहेका छन् । १९ देखि २८ वर्षका ३ जना महिला र १७ देखी ४१ वर्ष उमेर समुहका अन्य पुरुषहरु रहेका छन् ।
त्यस्तै काठमाडौं मेडिकल कलेजमा कार्यरत ४ जना स्वास्थ्यकर्मीमा कोरोना संक्रमण देखिएको छ । उनीहरु २४ देखि ३२ वर्ष उमेरका ३ जना महिला र एक जना २८ वर्षीय पुरुष रहेका छन् ।
त्यस्तै नवलपरासी गुलिङटार गाउँपालिकाका एक जना १६ वर्षीय पुरुष, नवलपरासी पश्चिम रामग्रामका एक २२ वर्षीय पुरुष, नुवाकोट मेघाङका २ जना १७ र ३२ वर्षीय पुरुष र रुपन्देही सैनामैनाका १० जना १५ देखि ५१ वर्ष उमेर समुहका सबै पुरुष रहेका छन् ।
नेपालमा थप ४५ जनाले जिते कोरोना
नेपालमा थप ४५ जनाले कोरोना संक्रमण जितेका छन् । योसँगै नेपालमा कोरोना संक्रमण निको भएर घर फर्कनेको संख्या २६६ पुगेको हो ।
यस्तो छ डिस्चार्ज हुने २२६ जनाको प्रदेशीक विवरण :
प्रदेश नं १ मा – ४८ जना
प्रदेश नं २ मा – १०४ जना
वाग्मती प्रदेशमा – ३० जना
गण्डकी प्रदेशमा – ३ जना
प्रदेश नं ५ मा – ७४ जना
सुदुर पश्चिम प्रदेशमा – ७ जना
क्वारेन्टाईनमा बस्ने बढे, अधिकाशं भारतबाट आएका
अहिले देशका विभिन्न क्वारेन्टाइनमा १ लाख ४५ हजार ३ सय ७५ जना रहेका छन् । जसमा प्रदेश नम्बर १ मा ३ हजार ६ सय ३५, प्रदेश नम्बर २ मा २२ हजार ५ सय ३६, बागमती प्रदेशमा ३ हजार ८ र गण्डकी प्रदेशमा ४ हजार ३ सय १५ जना रहेका छन् । यस्तै प्रदेश नम्बर ५ मा ४० हजार ६ सय १७, कर्णाली प्रदेशमा २६ ४ सय हजार ४७ र सुदूरपश्चिम प्रदेशमा ४४ हजार ८ सय १७ जना क्वारेन्टाइनमा रहेका छन् । उनीहरुमध्ये धेरै जसो भारतबाट आएका नागरिकहरु रहेको मन्त्रालयले जनाएको छ ।
आईसोलेसनमा कहाँ कति छन् ?
प्रदेश नम्बर १ मा १ सय २०, प्रदेश नम्बर २ मा ७ सय ११, बागमती प्रदेशमा २२, गण्डकी प्रदेशमा ३४, प्रदेश नम्बर ५ मा ६ सय २२, कर्णाली प्रदेशमा २ सय ५१ र सुदूरपश्चिम प्रदेशमा ६५ जना गरी १ हजार ८ सय २५ जना संक्रमित आइसोलेसनमा उपचाररत रहेका छन् ।
यो पनि पढ्नुहोस् :
लकडाउनको मोडालिटीबारे सरकारले गृहकार्य थाल्यो, खुकुलो बनाइने
यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?










प्रतिक्रिया