असार १ बाट आन्तरिक हवाई सेवा सञ्चालनको यस्तो छ तयारी

काठमाडौं – कोरोना महामारीबाट बच्नको लागि सावधानीस्वरुप नेपाल सरकारले लकडाउनको नीति लिएको ७१ दिन पूरा भएको छ । आगामी जेठ ३२ सम्म नेपालमा लकडाउन जारी छ । तर उच्चस्तरीय समितीले सरोकारवालासँग छलफल गरी लकडाउनको मोडालिटी परिवर्तन गर्न प्रक्रिया अघि बढाएको छ ।

यसैबीच सरकारले असार १ गतेदेखि आन्तरिक हवाई सेवा सञ्चालनको तयारी गरेको छ । उता, प्रवासमा अलपत्र र अप्ठेरो अवस्थामा भएकाहरुको लागि पहिलो चरणमा उद्धारको पनि प्रक्रिया थालेको छ ।

दुई साताअघि लकडाउन खुकुलो बनाउने नीति लिएपछि बढेको चाप, तिव्र रुपमा बढेको संक्रमितको संख्या लगायतका कारणले शनिबार बसेको मन्त्रिपरिषद् बैठकले लकडाउनको अवधि जेठ मसान्तसम्म बढाएको थियो ।

 

त्यसो त सरकारले विमानस्थल तथा सीमा क्षेत्र असार १६ गतेसम्म बन्द गर्ने निर्णय गरिसकेको थियो । तर, अब लकडाउनको मोडालिटी परिमार्जन गर्ने तयारी स्वरूप अब आन्तरिक उडान सेवा सञ्चालनको तयारी गरिएको हो ।

नागरिक उड्डयन प्राधिकरण मातहतका आन्तरिक विमानस्थल कार्यालयलाई असार १ गतेदेखि आन्तरिक विमानस्थल सञ्चालनको लागि तयारीमा रहन निर्देशन भएको छ भने विमानस्थल पनि सावधानी अपनाउनको लागि कोरीएका विभिन्न रेखाहरु देखिन्छन् । यसले भौतिक दुरी कायम गर्न सहज हुनेछ ।

विमानस्थलमा सुरक्षा मापदण्डको तयारी पूरा भएको छ । यो बीचमा विमानस्थलको रन वे पनि स्तरोन्नती गर्ने काम भएको छ ।

सुरक्षाको लागि विभिन्न घेराहरु बनाईएको छ । मार्किङ गर्ने कार्य सकिईसकेको छ ।

 

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?