२ जना मृत अवस्थामा फेला

काठमाडौं । बारा र सोलुखुम्बुमा २ जना मृत अवस्थामा फेला परेका छन् ।

प्रहरीका अनुसार बाराको जितपुर सिमरा उपमहानगरपालिका-२ बस्ने ५४ वर्षीय नारायण साह मंगलबार बिहान मृत अवस्थामा फेला परेका छन् ।

सोही ठाउँस्थित जगदम्बा स्टिलको नयाँ सियाराम प्लान्टमा काम गर्ने साह उक्त भवनको मुल गेटमा मृत अवस्थामा फेला परेका हुन् ।

यसैगरी सोलुखुम्बुको सोताङ गाउँपालिका-४ बाट माहाकुलुङ गाउँपालिका-५स्थित बाटो खनिरहेको दक्षिणकाली ईन्जिनियरीङ कन्ट्रक्सन प्रालिमा काम गर्ने स्काईभेटर चालक सिन्धुली फिक्कल गाउँपालिका-६ बस्ने २१ वर्षीय दिनेशकुमार राई मंगलबार बिहान मृत अवस्थामा फेला परेका छन् ।

सोही गाउँपालिका-४ स्थित प्रेम कुमार राईको घरमा बेलुका खाना खाई सुतेका उनी सुतेकै ठाँउमा मृत्यु भएको अवस्थामा फेला परेका हुन् ।

साथै उक्त घटना सम्बन्धमा थप अनुसन्धान भइरहेको प्रहरीले जनाएको छ ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?