प्युठानमा पहिलोपटक कोरोना संक्रमण पुष्टि

काठमाडौं । प्युठानमा पहिलो पटक कोरोना संक्रमण पुष्टि भएको छ ।

स्वास्थ्य मन्त्रालयको नियमित मिडिया ब्रिफिङमा मन्त्रालयका प्रवक्ता डाक्टर विकास देवकोटाले प्युठानमा पहिलोपटक १ जनामा कोरोना संक्रमण पुष्टि भएको जानकारी दिए ।

आज प्युठानमा फेला परेका कोरोना संक्रमित स्वर्गद्वारी नगरपालिका प्युठानका ५९ वर्षीय एक पुरुष रहेका छन् ।

यसैबीच नेपालमा आज (मंगलवार) एकैपटक २८८ जनामा कोरोना संक्रमण पुष्टि भएको छ । योसँगै नेपालमा कुल संक्रमितको संख्या २ हजार ९९ पुगेको हो ।

स्वास्थ्य मन्त्रालयको नियमित मिडिया ब्रिफिङमा मन्त्रालयका प्रवक्ता डाक्टर विकास देवकोटाले नेपालमा आज एकैपटक २८८ जनामा कोरोना संक्रमण पुष्टि भएको जानकारी दिए ।

मन्त्रालयका अनुसार आज थपिएका कोरोना संक्रमितको स्वास्थ्य अवस्था सामान्य रहेको छ भने उनीहरु सबै चिकित्सकको निगरानीमा रहेका छन् ।

योसँगै नेपालमा अहिलेसम्म कोरोना भाइरसको महामारीका कारण ८ जनाको मृत्यु भईसकेको छ भने २६६ जना स्वास्थ्योपचार पछि निको भएका छन् ।

आज मात्रै नेपालमा ४५ जना कोरोना संक्रमण पछि निको भएर घर फर्किएका छन् ।

यसैबीच हिजो (सोमवार) मात्रै नेपालमा २३९ जनामा कोरोना संक्रमण पुष्टि भएको थियो ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?