काठमाडौं । प्रमुख प्रतिपक्षी दल नेपाली कांग्रेसले संविधान संशोधन विधेयकको पक्षमा मतदान गर्ने प्रस्ताव पेश गरेको छ । शुक्रवार बसेको कांग्रेस केन्द्रीय कार्यसमितिको बैठकमा उक्त प्रस्ताव पेश भएको हो ।
‘कालापानी, लिपुलेक र लिम्पियाधुराको भूभाग समावेश गरी सरकारले सार्वजनिक गरेको नक्सा र संविधानको धारा ९ को उपधारा २ सँग सम्बन्धित अनुसूची ३ मा संशोधन गर्न संसदमा प्रस्तुत हुने प्रस्तावको पक्षमा मतदा गर्न संसदीय दललाई निर्देशन गर्दछ ।’ बैठकमा पेश गरिएको प्रस्तावमा उल्लेख गरिएको छ । संविधान संशोधनको विषयमा उक्त निर्णय हुने स्रोतले जनाएको छ ।
सरकारले नेपालको अतिक्रमित भूमीसहितको नक्सा जारी गरेसँगै नेपालको निशान छापमा भएको नक्सा परिवर्तनको लागि शुक्रबार संविधान संशोधन विधेयक दर्ता गरेको थियो । संविधान संशोधनका लागि प्रमुख प्रतिपक्षी दल कांग्रेसले केन्द्रिय समितिको बैठकबाट मात्र निर्णय गर्ने जनाएको थियो ।
यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?










प्रतिक्रिया