विश्वमा महामारीको पछिल्लो अवस्था : कुन देशमा कति पुगे संक्रमित र मृतक ?

काठमाडौं । विश्वका लागि स्वास्थ्य क्षेत्रमा ठूलो चुनौति बनेको कोरोना भाइरसको महामारीका कारण यो समाचार तयार पार्दासम्म विश्वमा ३ लाख ४६ हजार ७२१ जनाको मृत्यु भईसकेको छ भने ५५ लाख ६०७ जनालाई संक्रमण भएको छ ।

त्यस्तै २३ लाख २ हजार ६९ जना स्वास्थ्योपचार पछि निको भएका छन् भने विश्वमा ५३ हजार २२३ जनाको स्वास्थ्य अवस्था गम्भीर रहेको छ ।

त्यस्तै अमेरिकामा कोरोना भाइरसको महामारीका कारण यो समाचार तयार पार्दासम्म ९९ हजार ३०० जनाको मृत्यु भईसकेको छ भने १६ लाख ८६ हजार ४३६ जनालाई संक्रमण भएको छ ।

त्यहाँ ४ लाख ५१ हजार ७०२ जना स्वास्थ्योपचार पछि निको भएका छन् भने १७ हजार १३५ जनाको स्वास्थ्य अवस्था गम्भीर रहेको छ ।

त्यस्तै स्पेनमा अहिलेसम्म २८ हजार ७५२ जनाको मृत्यु भईसकेको छ भने २ लाख ८२ हजार ८५२ जनालाई संक्रमण भएको छ ।

त्यहाँ १ लाख ९६ हजार ९५८ जना स्वास्थ्योपचार पछि निको भएका छन् भने ८५४ जनाको स्वास्थ्य अवस्था गम्भीर रहेको छ ।

त्यस्तै बेलायतमा यो समाचार तयार पार्दासम्म ३६ हजार ७९३ जनाको मृत्यु भईसकेको छ भने २ लाख ५९ हजार ५५९ जनालाई संक्रमण भएको छ ।

त्यहाँ १ हजार ५५९ जनाको स्वास्थ्य अवस्था गम्भीर रहेको छ ।

त्यस्तै रुसमा कोरोना भाइरसको महामारीका कारण अहिलेसम्म ३ हजार ५४१ जनाको मृत्यु भएको छ भने ३ लाख ४४ हजार ४८१ जनालाई संक्रमण भएको छ ।

त्यहाँ १ लाख १३ हजार २९९ जना स्वास्थ्योपचार पछि निको भएका छन् भने २ हजार ३०० जनाको स्वास्थ्य अवस्था गम्भीर रहेको छ ।

त्यस्तै इटालीमा कोरोना भाइरसको महामारीका कारण अहिलेसम्म ३२ हजार ७८५ जनाको मृत्यु भईसकेको छ भने २ लाख २९ हजार ८५८ जनालाई संक्रमण भएको छ ।

त्यहाँ १ लाख ४० हजार ४७९ जना स्वास्थ्योपचार पछि निको भएका छन् भने ५५३ जनाको सवास्थ्य अवस्था गम्भीर रहेको छ ।

त्यस्तै फ्रान्समा कोरोना भाइरसको महामारीका कारण यो समाचार तयार पार्दासम्म २८ हजार ३६७ जनाको मृत्यु भईसकेको छ भने १ लाख ८२ हजार ५८४ जनालाई संक्रमण भएको छ ।

त्यहाँ ६४ हजार ६१७ जना स्वास्थ्योपचार पछि निको भएका छन् भने १ हजार ६५५ जनाको स्वास्थ्य अवस्था गम्भीर रहेको छ ।

त्यस्तै जर्मनीमा कोरोना भाइरसको महामारीका कारण अहिलेसम्म ८ हजार ३७१ जनाको मृत्यु भएको छ भने १ लाख ८० हजार ३२८ जनालाई संक्रमण भएको छ ।

त्यहाँ १ लाख ६० हजार ३०० जना स्वास्थ्योपचार पछि निको भएका छन् भने ८८९ जनाको स्वास्थ्य अवस्था गम्भीर रहेको छ ।

त्यस्तै ब्राजिलमा अहिलेसम्म महामारीका कारण २२ हजार ७४६ जनाको मृत्यु भईसकेको छ भने ३ लाख ६५ हजार २१३ जनालाई संक्रमण भएको छ ।

त्यहाँ १ लाख ४९ हजार ९११ जना स्वास्थ्योपचार पछि निको भएका छन् भने ८ हजार ३१८ जनाको स्वास्थ्य अवस्था गम्भीर रहेको छ । पछिल्लो २४ घण्टामा मात्र त्यहाँ ३० जनाको मृत्यु भएको छ भने १ हजार ५९५ जना नयाँ संक्रमित थपिएका छन् ।

त्यस्तै टर्कीमा कोरोना भाइरसको महामारीका कारण अहिलेसम्म ४ हजार ३४० जनाको मृत्यु भईसकेको छ भने १ लाख ५६ हजार ८२७ जनालाई संक्रमण भएको छ ।

त्यहाँ १ लाख १८ हजार ६९४ जना स्वास्थ्योपचार पछि निको भएका छन् भने ७६९ जनाको स्वास्थ्य अवस्था गम्भीर रहेको छ ।

त्यस्तै ईरानमा कोरोना भाइरसको महामारीका कारण अहिलेसम्म ७ हजार ४१७ जनाको मृत्यु भईसकेको छ भने १ लाख ३५ हजार ७०१ जनालाई संक्रमण भएको छ ।

त्यहाँ १ लाख ५ हजार ८०१ जना स्वाथ्योपचार पछि निको भएका छन् भने २ हजार ६१५ जनाको स्वास्थ्य अवस्था गम्भीर रहेको छ ।

त्यस्तै चीनमा बितेको २४ घण्टामा ११ जना संक्रमित थपिएका छन्। अहिलेसम्म चीनमा ८३ हजार १५ जनालाई संक्रमण भएको छ भने ४ हजार ६३४ जनाको मृत्यु भईसकेको छ ।

त्यहाँ ७८ हजार २६८ जना स्वास्थ्योपचार पछि निको भएका छन् भने ७ जनाको स्वास्थ्य अवस्था गम्भीर रहेको छ ।

त्यस्तै भारतमा कोरोना भाइरसको महामारीका कारण अहिलेसम्म ४ हजार २४ जनाको मृत्यु भईसकेको छ भने १ लाख ३८ हजार ८४५ जनालाई संक्रमण भएको छ ।

अहिलेसम्म भारतमा ५७ हजार ७२१ जना स्वास्थ्योपचार पछि निको भएका छन् भने ८ हजार ९४४ जनाको स्वास्थ्य अवस्था गम्भीर रहेको छ ।

त्यस्तै क्यानडामा अहिलेसम्म महामारीबाट ६ हजार ४२४ जनाको मृत्यु भईसकेको छ भने ८४ हजार ६९९ जनालाई संक्रमण भएको छ ।

त्यहाँ ४३ हजार ९८५ जना स्वास्थ्योपचार पछि निको भएका छन् भने ५०२ जनाको स्वास्थ्य अवस्था गम्भीर रहेको छ ।

त्यस्तै पेरुमा कोरोना भाइरसको महामारीका कारण ३ हजार ४५६ जनाको मृत्यु भईसकेको छ भने १ लाख १९ हजार ९५९ जनालाई संक्रमण भएको छ ।

त्यहाँ ४९ हजार ७९५ जना स्वास्थ्योपचार पछि निको भएका छन् भने ९२० जनाको स्वास्थ्य अवस्था गम्भीर रहेको छ ।

त्यस्तै बेल्जियममा कोरोना भाइरसको महामारीका कारण अहिलेसम्म ९ हजार २८० जनाको मृत्यु भईसकेको छ भने ५७ हजार ९२ जनालाई संक्रमण भएको छ ।

त्यहाँ १५ हजार २७२ जना स्वास्थ्योपचार पछि निको भएका छन् भने २५६ जनाको स्वास्थ्य अवस्था गम्भीर रहेको छ ।

त्यस्तै नेदरल्याण्ड्समा कोरोना भाइरसको महामारीका कारण अहिलेसम्म ५ हजार ८२२ जनाको मृत्यु भईसकेको छ भने ४५ हजार २३६ जनालाई संक्रमण भएको छ । त्यहाँ २२७ जनाको स्वास्थ्य अवस्था गम्भीर रहेको छ ।

त्यस्तै मेक्सिकोमा आज मात्रै २ हजार ७६४ जना नयाँ संक्रमित थपिएका छन् भने आजै २१५ जनाको मृत्यु भईसकेको छ ।

त्यस्तै त्यहाँ ६८ हजार ६२० जनालाई संक्रमण भएको छ भने ७ हजार ३९४ जनाको मृत्यु भईसकेको छ ।

त्यहाँ ४७ हजार ४२४ जना स्वास्थ्योपचार पछि निको भएका छन् भने ३७८ जनाको स्वास्थ्य अवस्था गम्भीर रहेको छ ।

त्यस्तै पाकिस्तानमा अहिलेसम्म १ हजार १३३ जनाको मृत्यु भईसकेको छ भने ५४ हजार ६०१ जनालाई संक्रमण भएको छ ।

पाकिस्तानमा १७ हजार १९८ जना उपचार पछि निको भएका छन् भने १११ जनाको स्वास्थ्य अवस्था गम्भीर रहेको छ ।

विश्वमा बितेको २४ घण्टा यता मात्रै यो समाचार तयार पार्दासम्म २८७ जनाको मृत्यु भईसकेको छ भने ६ हजार २२४ जना नयाँ संक्रमित थपिएका छन् ।

यसैबीच नेपालमा पनि यो समाचार तयार पार्दासम्म कोरोना भाइरसबाट संक्रमितको जम्मा संख्या ६०३ पुगेको छ भने ८७ जना स्वास्थ्योपचार पछि निको भएका छन् भने ३ जनाको मृत्यु भएको छ ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?