कोरोनासम्बन्धी सुनाइएका आदेश पालना भएनन्, यस्ता थिए ती आदेश

सरकारले कोरोनासम्बन्धी सर्वोच्च अदालतले दिएको आदेश कार्यान्वयन नगरेको पाइएको छ ।

लकडाउन सुरु भएयता सर्वोच्च अदालतमा ५५ वटा रिट परेका छन् ।
जसमा १९ वटा कोरोनासम्बन्धी छन् । यस अवधिमा परेका रिटमाथि सर्वोच्चले दिएका धेरैजसो आदेश सरकारले पालना नगरेको नयाँ पत्रिका दैनिकमा खबर छ ।

यस्ता छन् सर्वोच्चका केही आदेश
स्वास्थ्य सेवा प्रभावकारी बनाउनुपर्ने
लकडाउनमा अत्यावश्यक सेवा र सामग्री सहज बनाउनुपर्ने
सीमा र विदेशमा रहेका नेपाली नागरिकलाई नेपाल ल्याउनुपर्ने
लकडाउन पालना नगर्दा सुरक्षाकर्मीले यातना दिएकाले त्यस्ता घटना रोक्न आदेश
किसानलाई राहतको व्यवस्था गर्न
नेपालभित्रै आ–आफ्नो घर फर्किन चाहनेलाई सुरक्षित गन्तव्यमा पु¥याउन आदेश
बजार अनुगमन र निगरानी गर्न आदेश
लकडाउनका कारण आयआर्जन रोकिएका व्यक्तिकेन्द्रित राहत पारदर्शी
रूपमा वितरण गर्न आदेश

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?