नयाँ नक्सा प्रचलनमा ल्याउन परिपत्र

भूमि व्यवस्था, सहकारी तथा गरिवी निवारण मन्त्रालयलृ लिम्पियाधुरा, लिपुलेक र कालापानी क्षेत्र समेटिएको नेपालको नयाँ राजनीतिक नक्सा तथा प्रशासनिक नक्सा प्रचलनमा ल्याउन देशभरका सबै कार्यालयलाई आइतबार परिपत्र गरेको छ ।
मन्त्रालयका सहसचिव तथा प्रवक्ता जनकराज जोशीले नयाँ नक्सा छापिएपछि राजपत्र र नापी विभागद्वारा प्रकाशित नयाँ नक्सा समेत राखेर सबै कार्यालयलाई पत्र पठाइएको जानकारी दिए । कान्तिपुर दैनिकमा खबर छ ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?