ओलीलाई प्रधानमन्त्री प्रस्ताव गर्ने एमालेको निर्णय

काठमाडौँ, २ फागुन – नेकपा (एमाले)ले भावी प्रधानमन्त्रीमा पार्टी अध्यक्ष केपी शर्मा ओलीलाई प्रस्ताव गर्ने निर्णय गरेको छ ललितपुरको मानभवनस्थित एक निजी घरमा आज बसेको एमाले स्थायी कमिटी बैठकले अध्यक्ष ओलीलाई आगामी प्रधानमन्त्रीको उम्मेदवार बनाउने निर्णय गरेको हो बैठकमा अध्यक्ष ओलीले नेकपा (माओवादी केन्द्र) का अध्यक्ष पुष्पकमल दाहाल ‘प्रचण्ड’ सँग भएको ‘वान टु वान’ बैठकमा भएका छलफलका विषयमा जानकारी गराउनुभएको एमाले स्थायी समिति सदस्य सुरेन्द्र पाण्डेले जानकारी दिनुभयो पाण्डेका अनुसार अध्यक्ष ओलीले सरकार गठन तथा पार्टी एकीकरणपछि अध्यक्ष र प्रधानमन्त्रीको जिम्मेवारी आलोपालो गर्ने विषय बैठकलाई जानकारी गराउनुभएको थियो एमाले स्थायी समितिको बैठक सकिएलगतै एमाले अध्यक्ष ओली र माओवादी केन्द्र अध्यक्ष प्रचण्डबीचको वान टु वान बैठक सुरु भएको छ । उहाँहरूको बैठक सकिएलगतै पार्टी एकता संयोजन समितिको बैठक बस्नेछ ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?