बाँकेको नरैनापुर गाउँपालिकाको क्वारेन्टाइनमा बसेका ५९ जना कारोना संक्रमित

काठमाडौं । नेपालमा थप १८ जनामा कोरोना संक्रमण पुष्टि भएको छ । योसँगै नेपालमा जम्मा कोरोना संक्रमितको संख्या ३७५ पुगेको छ ।

राष्ट्रिय जनस्वास्थ्य प्रयोगशाला काठमाडौं, बिपी कोईराला स्वास्थ्य विज्ञान प्रतिष्ठान धरान, भेरी अस्पताल नेपालगञ्ज, कोशी अस्पताल बिराटनगरमा गरिएको परीक्षणका क्रममा १८ जनामा कोरोना संक्रमण पुष्टि भएको स्वास्थ्य मन्त्रालयले जनाएको छ ।

संक्रमितमध्ये ५९ जना बाँके नरैनापुर गाउँपालिकको क्वारेन्टाइनमा रहेका व्यक्तिहरू रहेका छन । उनीहरू हिजो मृत्यु भएका युवासँग एकै क्वारेन्टाइनमा बसेका थिए । पछिल्लो पटक थपिएका १८ जना मध्ये १२ जना बाँके नरैनापुरका रहेका छन । त्यस्तै १ जना खोटाङका, २ जना धनुषाका, दैलेखका १, सुनसरीका १ र झापाका १ जना रहेका छन ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?