काठमाडौं – हिजो शनिबार एक जनाको मृत्यु भएपछि र संक्रमित थपिँदै जाँदा लकडाउन लम्बिने निश्चित प्राय छ ।
यस विषयमा निर्णय लिन मन्त्रिपरिषद्को बैठक बस्दैछ ।
लकडाउन थप गर्ने विषयमा छलफल गर्न र निर्णय लिन आज साढे ५ बजेका लागि बैठक बोलाइएको छ । सरकारले पछिल्लोपटक थपेको लकडाउनको समयावधी सोमबार अर्थात् भोलि रातिबाट १२ बजेबाट सकिँदैछ।
मन्त्रिपरिषद् बैठक अघि आजै कोरोना नियन्त्रण तथा रोकथाम उच्चस्तरीय समन्वय समितिको बैठक पनि बस्दैछ।
बैठकले गरेका निर्णयहरु मन्त्रिपरिसद्मा छलफल भएपछि सरकारले लकडाउनको बारेमा थप निर्णय गर्नेछ। प्रधानमन्त्री तथा मन्त्रिपरिषद्को कार्यालय सिंहदरबारमा दिउँसो २ :३० बजे बैठक बस्नेछ ।
बैठकले लकडाउनलाई थप प्रभावकारी बनाउन उपत्यकाभित्र छिर्ने नाकामा सेना परिचान लगायतका विषयमा पनि छलफल हुने स्रोतले बतायो ।
यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?










प्रतिक्रिया