काठमाडौं । कोभिड–१९ बाट सङ्क्रमित भएकामध्ये आज थप एक जना निको भएर घर फर्केका छन् । योसँगै निको हुनेको सङ्ख्या ३६ पुगेको हो । २७ दिनअघि कोरोना भाइरस देखा परेपछि कोशी अस्पतालमा उपचार गराइराखेका उदयपुरका २५ वर्षीय पुरुष आज निको भएर घर गएका हुन् ।
त्यसैगरी आजदेखि कोभिड–१९ का बारेमा जानकारी दिन अडियोमार्फत समस्या सङ्कलन गरी सम्बोधन शुरु गरिएको छ । स्वास्थ्य तथा जनसङ्ख्या मन्त्रालयलको नियमित पत्रकार सम्मेलनमा प्रवक्ता डा विकास देवकोटाले नागरिकको सहजताका लागि यस किसिमको व्यवस्था शुरु गरेको जानकारी गराए ।
त्यस्तै, आज शुक्रबार थपिएका ९ जना संक्रमितसहित नेपालमा कुल संक्रमितको संख्या २ सय ५८ पुगेको छ ।
आज शुक्रबार मकवानपुरमा नयाँ केस पुष्टि भएसँगै अब नेपालका २४ जिल्लामा कोरोना फैलिएको छ ।
जानकारी अनुसार प्रदेश १ मा ३५ जना, प्रदेश २ मा १०० जना, वाग्मती प्रदेशमा १३ जना, गण्डकी प्रदेशमा ३ जना, प्रदेश ५ मा १०२ जना, सुदूरपश्चिम प्रदेशमा ५ जना गरी कुल २ सय ५८ जना संक्रमित भएका हुन् ।
हालसम्मका सबै संक्रमितमध्ये पुरुष २१० र महिला ४८ जना रहेका छन् । गत माघ ९ गतेदेखि हालसम्मको संक्रमतिलाई हेर्ने हो भने २० देखि ५० वर्ष उमेर समूहका मानिसहरु बढी संक्रमित भएका छन् ।
यो भाइरसको प्रकृति आक्रामक र सजिलै एकबाट दोस्रोमा सर्ने कारणले निकै सावधानी अपनाउन मन्त्रालयले दोहोर्याएको छ ।
यसअघि हिजो काठमाडौंको शिक्षण अस्पताल महाराजगन्जमा उपचाररत एक ६ वर्षिया बालिकामा कोरोना संक्रमण पुष्टि भएको थियो ।
नेपालमा परीक्षणको दायरा बढाउँदै लैजाँदा संक्रमित पनि बढीरहेका छन् ।
लकडाउनको ५३ औँ दिनसम्म आईपुग्दा पछिल्लो एक सातामा मात्रै संक्रमित ह्वात्तै बढेका छन् । यसरी लकडाउन पनि लम्बिरहने र संक्रमित पनि थपिँदै जाने हुँदा देशका आर्थिकदेखि हरेक क्रियाकलाप ठप्पप्राय छन् । यो क्रम अझै कहिलेसम्म चल्छ भन्ने निश्चित नभएका कारण यस महामारीबाट जोगिएपनि गरिबी, भोकमरी जस्तो समस्याले सताउनेतर्फ सचेत हुन विज्ञले भनिरहेका छन् ।
नेपालमा हाल पिसीआर विधीबाट २३ हजार ९ सय १४ जनामा कोरोनाको परीक्षण गरिएको छ भने आरडीटि विधीबाट ६३ हजार ८५ जनामा जाँच गरिएको छ । त्यस्तै गत २४ घण्टामा मात्रै पिसीआर विधीबाट १ हजार २ सय ५० जना, आरडिटी विधीबाट ७ सय ५८ जना गरी कुल २ हजार ८ जनामा परीक्षण गरिएको छ ।
यस्तै मन्त्रालयले प्रादेशीक विवरण दिँदै प्रदेश१ मा ८९३३ वटा जाँच गरिएको जनाएको छ । प्रदेश २ मा ५ हजार ९ सय ८२, वाग्मती प्रदेशमा ९ हजार ६ सय ७३, गण्डकी प्रदेशमा ६ हजार ८ सय ६२, प्रदेश ५ मा ७ हजार ९ सय ७१, कर्णाली प्रदेशमा ७ हजार ३ सय ७, सुदूरपश्चिम प्रदेशमा १६ हजार ३ सय ५७ जनामा टेष्ट गरिएको छ ।
नेपालमा आजको दिनसम्म १५ हजार ६ सय ८३ जनामा कोरोना संक्रमण पुष्टि भएको छ । प्रदेश १ मा ८ हजार ८५, प्रदेश २ मा २ हजार ५१, वाग्मती प्रदेशमा ११७ जना, गण्डकी प्रदेशमा ३०७ जना, प्रदेश ५ मा ८ हजार ३ सय ३५, कर्णाली प्रदेशमा १ हजार ८२ सुदूरपश्चिम प्रदेशमा २ हजार ९ सय १६ जना रहेका छन् ।
यस्तै हालसम्म नेपालमा २ सय ६७ जना आईसोलेसनमा छन् । काठमाडौंमा २७ र काठमाडौंबाहिर २४० गरी २६७ जना आईसोलेसनमा रहेका छन् । प्रदेश १ मा २२ जना, प्रदेश २ मा १०२ जना, वाग्मती प्रदेशमा ३४ जना, गण्डकी प्रदेशमा १ जना, प्रदेश ५ मा १०८ जना रहेका छन् । उनीहरु संक्रमित, संभावित संक्रमित र शंकास्पद बिरामी हुन् ।
मन्त्रालयका प्रवक्ता डाक्टर विकास देवकोटाका अनुसार मन्त्रालयको ११३३ र १११५ मा विभिन्न जिज्ञासासहितका कल आएको र तिनको स्वास्थ्यकर्मीले जवाफ दिएका छन् ।
मन्त्रालयको वेवपेजमा र मोबाईल एप्लिकेसनमा गत २४ घण्टामा मात्रै ६८२ जनाले स्वमूल्याकंनको फाराम भरेकोमा उनीहरुमध्ये ४ जना ‘रेड जोनमा’ परेका छन् । उनीहरु पनि कोरोनाका संभावित बिरामी हुन् ।
यसरी स्वमूल्याकंनको विवरण भरेकामध्ये रेड जोनमा अर्थात् संभावित संक्रमितको सूचिमा पर्नेको संख्या हालसम्म ३ सय ६३ जना रहेको र उनीहरुको कन्ट्र्याक ट्रेसिङ गर्ने काम सम्बन्धित महाशाखाबाट भइरहेको प्रवक्ता देवकोटाले बताए ।
यो पनि पढ्नुहोस् :
भारतबाट आएका थिए बाँकेका आठै जना सङ्क्रमित
उच्चस्तरीय समितिको बैठक सकियो, लकडाउनबारे के भयो निर्णय ?
फेरी नेपालमा थप ९ जनामा कोरोना संक्रमण पुष्टि, संक्रमित २५८ पुग्यो
मोटरसाइकल चढ्न मानेका थिएनन् सङ्क्रमितले
यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?










प्रतिक्रिया