आज लकडाउनको ५३ औं दिन, २ सय ५८ जनामा कोरोना संक्रमण

काठमाडौं । कोरोना भाइरस रोकथाम तथा नियन्त्रणका लागि सरकारले लागू गरेको लकडाउनको आज ५३ दिन पुगेको छ ।

कोरोना भाइरस नियन्त्रणका लागि सरकारले गत चैत ११ गते यता देशभर लकडाउन गरेको छ । लकडाउनका कारण जनजीवन प्रभावित भएको छ । लामो समय भएको लकडाउनले अर्थतन्त्रमा असर पारेको भन्दै सरकारले आइतबार देखि सवारी साधन सञ्चालनका लागि केही सहज बनाएको थियो ।

त्यस्तै उपत्यकामा टाइम कार्ड लागू गरी विभिन्न ४२ प्रकारका उद्योग व्यवसाय तथा सरकारी कार्यालयहरु, बैंक तथा वित्तीय संस्था सञ्चालन गर्ने निर्णय समेत गरेको थियो । तर फेरी कोरोना भाइरस संक्रमितको संख्यामा वृद्धि भएपछि सरकारले लकडाउनलाई कडाई गरेको छ ।

शुक्रबार उपत्यकाका विभिन्न ठाउँमा पुग्दा सुरक्षाकर्मीले सवारी साधनको चेकजाँचलाई कडाई पारेको देखिएको छ । प्रहरीले सवारी पास नभएका सवारी साधनलाई नियन्त्रणमा लिई कारबाही गरेको छ । अत्यावस्यक सेवाका सवारी साधनहरु, सञ्चारकर्मी, स्वास्थ्यकर्मीका सवारी साधनलाई भने सञ्चालन गर्न दिइएको छ । उपत्यकाका भित्रि सडकहरुमा अत्यावस्यक उपभोग्य पसलहरु खुलेका छन भने मानिसहरु आफ्नो घर नजिकको पसल सम्म पुगेर किनमेल गरिरहेको देखिन्छ ।

स्वास्थ्य तथा जनसंख्या मन्त्रालयका अनुसार शुक्रबार सम्म २ सय ५८ जनामा कोरोना भाइरस संक्रमण फेला परेको छ । जसमध्ये ३५ जना निको भएका छन भने २ सय ७२ जना आइसोलेसनमा रहेका छन् । अहिले सम्म २२ हजार ६ सय ७३ पीसीआर प्रविधिबाट परीक्षण भएको छ भने ६२ हजार ३ सय २७ जनाको आरडीटी परीक्षण भएको छ । अहिले देशभर १५ हजार ६ सय जना क्वारेन्टाइनमा रहेका छन् ।

यो पनि पढ्नुहोस् : कोरोना विरुद्धको ‘भ्याक्सीन’मा अक्सफोर्ड युनिभर्सिटीको अपार सफलता
कोरोना संक्रमित भागे गोली हान्न पर्सा प्रशासनको आदेश
मकवानपुरमा पहिलोपटक देखियो कोरोना, एकाविहानै थपिए ९ कोरोना संक्रमित

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?