कोरोनाभाइरसको उद्गमथलो मानिएको चीनको वुहानमा सबै बासिन्दाको परीक्षण गरिने भएको छ । उहान सहरले १ करोड १० लाख बासिन्दाको परीक्षण गर्न योजना बनाएको खबर एजेन्सीलाई उदृत गर्दै कान्तिपुरले छापेको छ ।
उहानमा पछिल्लो समय कोभिडका संक्रमित फेरि देखिन थालेपछि परीक्षण विस्तार गर्न लागिएको हो । सन् २०१९ को डिसेम्बर ३१ मा कोभिड १९ देखिएपछि उहान ११ सातासम्म लकडाउन थियो । पछि कोरोना नियन्त्रणमा आएको भन्दै अप्रिल ८ मा लकडाउन खुला गरिएको थियो । चिनियाँ सञ्चारमाध्यमका अनुसार सबै परीक्षण १० दिनभित्र सकिनेछ ।
यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?








प्रतिक्रिया