रोकिराखेको ट्रकमा मोटरसाइकल ठोक्किँदा एक जनाको मृत्यु

काठमाडौं । सप्तरीमा मोटरसाइकलले रोकेर राखेको ट्रकमा ठोक्कर दिँदा एक जनाको मृत्यु भएको छ । कृष्णासावरण गाउँपालिका-३ का ३५ वर्षीय बिक्रम सरदारको मृत्यु भएको जिल्ला प्रहरी कार्यालय सप्तरीले जनाएको छ ।

कृष्णासावरण गाउँपालिका-२ सितापुरस्थित पूर्वपश्चिम राजमार्गमा बिहीबार बिहान ना ३ ख ६१२६ नम्बरको ट्रकमा स ८ प ५६२९ नम्बरको मोटरसाइकल ठोक्किएको थियो । दुर्घटनामा मोटरसाइकलमा सवार बिक्रम र ३६ वर्षीय तरुण सरदार घाइते भएका थिए ।

बिक्रम सरदारको उपचारका क्रममा मृत्यु भएको प्रहरीले जनाएको छ ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?