नेपालका १४ जिल्लामा फैलियो कोरोना, डब्लुएचओको यस्तो चेतावनी

काठमाडौं । नेपालका १४ जिल्लामा कोरोना भाइरसको संक्रमण फैलिएको छ । बुधबारसम्म ९९ जना कोरोनका संक्रमित फेला परेका छन् भने २२ जना निको भएको स्वास्थ्य तथा जनसंख्या मन्त्रालयले जनाएको छ ।

मन्त्रालयका अनुसार हालसम्म सबैभन्दा धेरै संक्रमित उदरपुरमा भेटिएका छन् । हालसम्म उदरपुरमा २८ जनामा संक्रमण देखिएको मन्त्रालयले जनाएको छ । जसमा ६ जना भने निको भएको छ ।

यसैगरी पर्सामा २४ जना संक्रमित हुँदा ३ जना निको भएका छन् भने बाँकेमा २३ जना संक्रमित फेला परेका छन् ।

यसैगरी काठमाडौंमा ५ जना संक्रमितमध्ये ५ नै जना निको भएका छन् । यद्यपी सनसिटी अपार्टमेन्टमा यसअघि संक्रमण भेटिएका एक जनामा फेरि संक्रमण बल्झिएको छ ।

यस्तै कैलालीमा ४ मध्ये ३ जना निको हुँदा रौटहटमा ३ मध्ये १ जना निको भएका छन् ।

बागलुङमा दुई मध्ये दुबै निको हुँदा बारामा २ जनामा संक्रमण पुष्टि भएको छ । यस्तै चितवनमा २ मध्ये १ जना निको भएका छन् भने झापामा २, भोजपुरमा १, धनुषामा १ र रुपन्देहीमा १ जनामा कोरोना संक्रमण पुष्टि भएको छ ।

यसैगरी कञ्चनपुरमा एक जनामा संक्रमण पुष्टि भएकामा ती संक्रमित निको भएर घर फर्किसकेका छन् ।

त्यस्तै कर्णाली प्रदेश भने हाल सम्म सेफ जोनमा रहेको छ । बाँकी ६ नै प्रदेशमा कोरोना संक्रमित भेटिएका छन् भने कर्णाली प्रदेशमा कुनै पनि कोरोना संक्रमित भेटिएका छैनन् ।

संक्रमणबाट बच्न सरकारले देशभर लकडाउन गरेको आज ४५ औँ दिन पुग्यो । यसैबीच हिजो बुधबारबाट थप ११ दिनको लागि लकडाउन थपिएको छ । नेपालमा लकडाउन थपिएपनि हिजो अबका केहि दिनमा शसर्त लकडाउन खुकुलो पार्ने सरकारले निर्णय लिईरँदा विश्व स्वास्थ्य संगठनडब्लुएचओले कोरोना भाइरसको संक्रमण व्यवस्थापनका लागि लगाइएको लकडाउनलाई प्रभावकारी कार्यान्वयन गर्न अनुरोध गरेको छ।

हिजो पत्रकार सम्मेलनमा भिडियो सन्देशमार्फत् डब्लुएचओका महासचिव टेड्रोस अडानोम गेब्रियससले कोभिड १९ बाट प्रभावित मुलुकले संक्रमण व्यवस्थापनमा सावधानी नअपनाए पुनः लकडाउनमा फर्किनुपर्ने चेतावनी समेत दिएका छन् । विभिन्न मुलुकहरुले क्रमिक रुपमा लकडाउन खुकुलो पार्दै जाँदा डब्लुएचओको यस्तो चेतावनी आएको हो ।

लकडाउन खुलाउनका लागि उनले केही टर्मस्हरु हेर्न भनेका छन् ।
देशले निगरानी बलियो बनाउँदै केसहरु घटिरहेका छन् र संक्रमण नियन्त्रणमा छ भन्ने कुरालाई निश्चिन्त हुनुपर्छ ।

देशको स्वास्थ्य प्रणालीको क्षमता हरेक केसहरुको पहिचान, परीक्षण, आइसोलेस गर्ने क्षमता र हरेक सम्पर्कमा आएका व्यक्तिको ट्रेसिङ गर्न सक्षम छ भन्ने कुरामा ढुक्क हुन आवश्यक छ ।

त्यस्तै, मानिसहरु पुग्ने कार्यक्षेत्र, विद्यालय लगायतका स्थानमा नियन्त्रणका उपायहरु अपनाइएका छन् भन्ने कुरामा ध्यान दिन जरुरी छ ।
त्यसभन्दा पनि महत्त्वपूर्ण कुरा जोखिम व्यवस्थापन गर्न सक्षम हुनुपर्छ ।

समुदायमा कोभिड१९को विषयमा जानकारी र नयाँ व्यवस्थालाई पालन गर्ने विषयमा सचेत भएको हुनुपर्छ ।

महासचिव टेड्रोसले अहिलेको ट्रेन्डले सन् २०३० सम्म विश्वका पाँच अर्ब जनसंख्या आवश्यक स्वास्थ्य सेवाबाट बञ्चित हुने बताए।

यो पनि पढ्नुहोस् : 

४४ प्रकारका उद्योग खुल्ला गर्ने सरकारको निर्णय (सूचीसहित)

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?