मन्त्रीपरिषद् बैठकको निर्णय : ११ दिन थपियो लकडाउन

काठमाडौं । बालुवाटारमा बसेको मन्त्रीपरिषद् बैठकले थप ११ दिन लकडाउन लम्ब्याउने निर्णय गरेको छ ।

बुधवार बिहान ११ बजेपछि प्रधानमन्त्री निवास बालुवाटारमा बसेको बैठकले  जेठ ५  गतेसम्म बढाउने निर्णय गरेको हो ।

मंगलबार बसेको कोरोना रोकथाम तथा नियन्त्रणका लागि बनेको उच्चस्तरिय समन्वय समितिको बैठकले लकडाउन थप्नु पर्ने मन्त्रीपरिषद्लाई सुझाव दिएको थियो।

कोरोना भाईरस ‘कोभिड- १९’ को कारण विश्व आक्रान्त बनिरहेको सन्दर्भमा नेपालमा यसको प्रकोप बढ्न नदिन सावधानीस्वरुप लकडाउन भएको ४४ दिन भएको छ ।

मंगलवारको उक्त बैठकमा प्रधानमन्त्री केपी शर्मा ‌ओलीको उपस्थितिमा रहेको थियो । साथै लकडाउनको मोडालिटीको बारेमा समेत छलफल भएको थियो ।

भारतमा कोरोना संक्रममण बढिरहेकाले नेपालमा तत्काल लकडाउन खुकुलो पार्न नहुने प्रधानमन्त्रीले बताएका थिए ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?