काठमाडौं । राजधानीको पेप्सिकोलास्थित सनसिटी अपार्टमेन्टमा बस्दै आएका एक जनामा फेरि कोरोना भाइरसको संक्रमण बल्झिएको छ ।
११ वैशाखमा कोराना निको भएर घर फर्किएका ५२ वर्षीय पुरुषमा फेरि कोरोना बल्झिएको हो ।
स्वास्थ्य मन्त्रालयका एक अधिकारीका अनुसार फलोअपका लागि पाटन अस्पताल पुगेका उनको पीसीआर टेस्ट गर्दा फेरि कोरोना पोजेटिभ नै देखिएको हो । यससँगै उनलाई पाटन अस्पतालको आइसोलेशनमा भर्ना गरिएको छ ।
उनीसँगै सनसिटीकै ८१ वर्षीया वृद्धा पनि डिस्चार्ज भएकी थिइन् । बेलायतबाट नेपाल आएका उनीहरुमा वैशाखको सुरुमा कोरोना संक्रमण पुष्टि भएको थियो ।
उनीहरुमा कोरोना संक्रमण भएपछि सनसिटीका सबैमा कोरोना परीक्षण भएपनि अन्यमा पाइएको थिएन ।
यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?










प्रतिक्रिया