नेपालमा कोरोना अपडेट: १३ हजार ८ सय बढी पिसिआर विधिमार्फत परीक्षण, यस्तो छ पछिल्लो विवरण

काठमाडौं । नेपालमा आज थप ७ जनामा कोरोना संक्रमण देखिएको स्वास्थ्य तथा जनसंख्याा मन्त्रालयले जनाएको छ । संक्रमित मध्ये ३ जना २२, ३० तथा ४० वर्षीय पुरुष तथा ९,३२,३४ र ५५ वर्षीया महिलाहरु रहेको मन्त्रालयका प्रवक्ता विकास देवकोटाले नियमित पत्रकार सम्मेलनमा मन्त्रालयका प्रवक्ता डा विकास देवकोटाले जानकारी दिए । त्यससँगै नेपालमा कोरोना संक्रमितको संख्या ८२ पुगेको छ । भने १६ जना उपचारपछि निको भएर घर फर्किएका छन् । उपचाररत ६६ जनाको अवस्था सामान्य रहेको पनि मन्त्रालयले जनाएको छ ।

मन्त्रालयका अनुसार हालसम्म नेपालमा १३ हजार ८ सय ५० वटा पिसिआर विधि मार्फत कोरोना परीक्षणहरु भएका छन् । भने ५२ हजार २ सय २७ वटा आरडीटी विधि मार्फत कोरोना परीक्षण गरिएको छ । भने बितेको २४ घण्टामा १ हजार ५ सय ८२ वटा कोरोना परीक्षण देवकोटाले बताए ।

हालसम्म नेपालमा ५२ हजार २ सय २७ जनाको आरडीटी विधि मार्फत कोरोना परीक्षण गरिएको छ । जसमध्ये प्रदेश १ मा ६ हजार १ सय २२, प्रदेश २ मा ५ हजार ७ सय ७८, बाग्मती प्रदेशमा ८ हजार ९ सय ४०, प्रदेश ५ मा ५ हजार १ सय ९३, कर्णाली प्रदेशमा ५ हजार ८ सय ७६ तथा सुदूरपश्चिम प्रदेशमा १४ हजार २ सय ४४ वटा परीक्षणहरु आरडीटी विधिमार्फत गरिएको मन्त्रालयले जनाएको छ ।

हालसम्म नेपालमा २१ हजार ९९ जना क्वारेन्टाइमा रहेका छन् । जसमध्ये प्रदेश १ मा २ हजार २ सय १२, प्रदेश २ मा १ हजार २ सय ९०, बाग्मती प्रदेशमा २ सय ५८, गण्डकी प्रदेशमा ७ सय ३६, प्रदेश ५ मा ८ हजार ९ सय २२ जना, कर्णाली प्रदेशमा ३ हजार ७ सय ५४ तथा सुदूरपश्चिम प्रदेशमा ४ हजार २५ जना मानिस क्वारेन्टाइनमा रहेको मन्त्रालयले जनाएको छ ।

हालसम्म नेपालमा सम्भावित कोरोना संक्रमित हुनसक्ने आशंकामा ३ सय ३० जना रेड जोनमा रहेका छन् ।
स्वास्थ्य मन्त्रालयले दिएको जानकारी अनुसार नेपालका विभिन्न १८ वटा प्रयोगशाला मार्फत परीक्षणहरु भइरहेका छन् ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?