कोरोना अपडेट : विश्वमा २ लाख ५२ हजार भन्दा धेरैको मृत्यु, कति छन् संक्रमित ?

काठमाडौं । स्वास्थ्य क्षेत्रका लागि सबैभन्दा ठूलो चुनौति बनेको कोरोना भाइरसको महामारीका कारण यो समाचार तयार पार्दासम्म विश्वमा २ लाख ५२ हजार ४२० जनाको मृत्यु भएको छ भने ३६ लाख ४६ हजार २५५ जनालाई संक्रमण भएको छ ।

त्यस्तै १२ लाख २८२ जना उपचार पछि निको भएका छन् भने विश्व्मा ४९ हजार ६३७ जनाको स्वास्थ्य अवस्था गम्भीर रहेको छ । त्यस्तै अमेरिकामा कोरोना भाइरसको महामारीका कारण अहिलेसम्म ६९ हजार ९२१ जनाको मृत्यु भएको छ भने १२ लाख १२ हजार ९०० जनालाई संक्रमण भएको छ । त्यहाँ आज मात्रै ६५ जना कोरोना भाइरसका संक्रमित थपिएका छन् ।

त्यस्तै स्पेनमा अहिलेसम्म २५ हजार ४२८ जनाको मृत्यु भईसकेको छ भने २ लाख ४८ हजार ३०१ जनालाई संक्रमण भएको छ । त्यस्तै इटालीमा कोरोना भाइरसको कारण २९ हजार ७९ जनाको मृत्यु भएको छ भने २ लाख ११ हजार ९३८ जनालाई संक्रमण भएको छ ।

त्यस्तै बेलायतमा कोरोना महामारीका कारण अहिलेसम्म २८ हजार ७३४ जनाको मृत्यु भएको छ भने १ लाख ९० हजार ५८४ जनालाई संक्रमण भएको छ । त्यस्तै फ्रान्समा कोरोना भाइरसको महामारीका कारण २५ हजार २०१ जनाको मृत्यु भएको छ भने १ लाख ६९ हजार ४६२ जनालाई संक्रमण भएको छ ।

त्यस्तै जर्मनीमा कोरोना भाइरसको महामारीका कारण ६ हजार ९९३ जनाको मृत्यु भएको छ भने १ लाख ६६ हजार १५२ जनालाई संक्रमण भएको छ ।

त्यस्तै रुसमा अहिलेसम्म १ हजार ३५६ जनाको मृत्यु भएको छ भने १ लाख ४५ हजार २६८ जनालाई संक्रमण भएको छ ।

त्यस्तै टर्कीमा अहिलेसम्म ३ हजार ४६१ जनाको मृत्यु भएको छ भने १ लाख २७ हजार ६५९ जनालाई संक्रमण भएको छ ।

त्यस्तै ब्राजिलमा अहिलेसम्म ७ हजार ३६७ जनाको मृत्यु भएको छ भने १ लाख ८ हजार ६२० जनालाई संक्रमण भएको छ ।

त्यस्तै त्यहाँ आज मात्रै ३५४ जना नयाँ संक्रमित थपिएका छन् भने २४ जनाको आजै मृत्यु भएको छ । त्यस्तै ईरानमा अहिलेसम्म ६ हजार २७७ जनाको मृत्यु भएको छ भने ९८ हजार ६४७ जनालाई संक्रमण भएको छ ।

त्यस्तै चीनमा आज थप १ जना नयाँ कोरोना संक्रमित थपिएका छन् । योसँगै चीनमा कोरोना भाइरसको महामारीबाट अहिलेसम्म ४ हजार ६३३ जनाको मृत्यु भएको छ भने ८२ हजार ८८१ जनालाई संक्रमण भएको छ ।

त्यस्तै क्यानडामा अहिलेसम्म् ३ हजार ८५४ जनाको मृत्यु भएको छ भने ६० हजार ७७२ जनालाई संक्रमण भएको छ ।

त्यस्तै बेल्जियममा अहिलेसम्म ७ हजार ९२४ जनाको मृत्यु भएको छ भने ५० हजार २६७ जनालाई संक्रमण भएको छ । त्यस्तै पेरुमा १ हजार ३४४ जनाको मृत्यु भएको छ भने ४७ हजार ३७२ जनालाई संक्रमण भएको छ ।

त्यस्तै छिमेकी देश भारतमा कोरोना भाइरसको महामारीका कारण अहिलेसम्म १ हजार ५६६ जनाको मृत्यु भएको छ भने ४६ हजार ४३७ जनालाई संक्रमण भएको छ ।

त्यस्तै नेदरल्याण्ड्समा कोरोना भाइरसको महामारीबाट ५ हजार ८२ जनाको मृत्यु भएको छ भने ४० हजार ७७० जनालाई संक्रमण भएको छ ।

त्यस्तै इक्वेडरमा १ हजार ५६९ जनाको मृत्यु भएको छ भने ३१ हजार ८८१ जनालाई संक्रमण भएको छ । त्यस्तै स्विट्जरल्याण्डमा अहिलेसम्म १ हजार ७८४ जनाको मृत्यु भएको छ भने २९ हजार ९८१ जनालाई संक्रमण भएको छ ।

त्यस्तै पोर्चुगलमा २५ हजार ५२४ जनालाई संक्रमण भएको छ भने १ हजार ६३ जनाको मृत्यु भएको छ । त्यस्तै मेक्सिकोमा २ हजार २७१ जनाको मृत्यु भएको छ भने २४ हजार ९०५ जनालाई संक्रमण भएको छ ।

त्यस्तै आज मात्रै त्यहाँ ११७ जनाको मृत्यु भएको छ भने आज नै त्यहाँ १ हजार ४३४ जनालाई संक्रमण भएको छ ।

त्यस्तै स्विडेनमा कोरोना भाइरसको महामारीका कारण २ हजार ७६९ जनाको मृत्यु भएको छ भने २२ हजार ७२१ जनालाई संक्रमण भएको छ ।

त्यस्तै आयरल्याण्डमा कोरोना भाइरसको महामारीका कारण १ हजार ३१९ जनाको मृत्यु भएको छ भने २१ हजार ७७२ जनालाई संक्रमण भएको छ ।

नेपालमा थप ७ जनामा कोरोना संक्रमणको पुष्टि, ८२ पुगे संक्रमित

नेपालमा थप ७ जनालाई कोरोना भाइरसको संक्रमण भएको छ । नेपालगञ्जको प्रयोगशालामा गरिएको परिक्षणका क्रममा उनीहरुमा कोरोना भाइरसको संक्रमण भएको पुष्टि भएको हो ।

यो सँगै नेपालमा कोरोना संक्रमितको संख्या ८२ पुगेको छ । उनीहरु सबै नेपालगञ्ज ८ निवासी २२, ३० र ४० वर्षका पुरुषहरु रहेका छन् भने ९, ३२, ३४ र ५५ वर्षीया महिलाहरु रहेको स्वास्थ्यमन्त्रालयले जनाएको छ ।

हालसम्म उनीहरुको स्वास्थ्य अवस्था सामान्य रहेको र उनीहरु स्वास्थ्यकर्मीको निगरानीमा रहेको स्वास्थ्य मन्त्रालयले जनाएको छ ।

यसअघि बाँकेमा एकैदिन १५ जना कोरोना संक्रमित फेला परेका थिए । संक्रमितको संख्या बढेपछि नेपालगञ्जमा २५ गतेसम्मलाई निषेधित क्षेत्र घोषणा गरिएको छ ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?