जथाभावी ‘डिसइन्फेक्सन’ प्रयोग गरिनु आपत्तिजनक

स्वास्थ्य तथा जनसंख्या मन्त्रालयले मानिसको शरीरमा जथाभावी ‘डिसइन्फेक्सन’ प्रयोग गरिनु आपत्तिजनक भएको जनाएको छ ।
स्वास्थ्य मन्त्रालयका प्रवक्ता डा.विकास देवकोटाले केही दिनयता देशका विभिन्न स्थानमा कीटनाशक झोलको प्रयोग मानव
शरीरमा भइरहेकोबारे मन्त्रालयको ध्यानाकर्षण भएको जानकारी दिए ।
‘मानिसमा यस्ता कीटनाशक झोल छरेको कुरा आएका छन्, यसरी छरिने डिसइन्फेक्सन प्रायः पानीमा मिसाइएको सोडियम
हाइपोक्लोराइड र क्लोरिनको झोल हो,’ देवकोटाले भने, ‘यसले मानिसको स्वास्थ्यमा गम्भीर असर पार्छ, त्यसैले यो मानिसको शरीरमा छर्कनु हुँदैन ।’ शरीरभित्र कोरोना भाइरस प्रवेश गरिसकेपछि अल्कोहल, ब्लिच, क्लोरिनजस्ता विभिन्न डिसइन्फेक्सन शरीरमा छर्कंदैमा भाइरस नाश नहुने उनको भनाइ छ । नयाँ पत्रिकमा खबर छ ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?