प्रचण्डसहित ४ नेताको छुट्टै भेला, यस्तो निष्कर्ष निकालियो

पार्टी सचिवालय बैठकमा दुई दिनअघि आ–आफ्ना कमीकमजोरीप्रति आत्मआलोचना गरेर अघि बढ्ने निर्णय गरेपनि नेकपा शीर्ष नेताबीच हार्दिकता देखिएको छैन । उनीहरुका समूहगत भेला जारी रहेका छन् ।
शनिबारको सचिवालय बैठकले पार्टी एकतालाई सुदृढ बनाउन सबै पक्ष एकजुट भएर अघि बढ्ने निर्णय गरेको थियो । त्यसयता पनि अध्यक्ष प्रचण्ड र वरिष्ठ नेता माधव कुमार नेपाल पक्षका नेताहरुको भेला र छलफल चलिरहेको छ । सोमबार बिहान प्रचण्ड, वरिष्ठ नेता झलनाथ खनाल र नेपाल एवम् प्रवक्ता नारायणकाजी श्रेष्ठबीच छलफल भएको छ ।
श्रेष्ठ निवास हात्तीबनमा ढेड घण्टाभन्दा बढी चलेको छलफलमा अन्य नेताहरुले प्रचण्डसँग ओलीसँग कुनै गोप्य समाझदारी त भएको छैन भन्ने प्रश्न गरेका थिए ।
तर प्रचण्डले ओलीसँग सचिवालय बैठकपूर्व करिब १५ मिनेट मात्र छलफल गरेर सहमति भएको उल्लेख गर्दै त्यसबारे पुनः जानकारी गराएका थिए ।
त्यसपछि उनीहरु एक व्यक्ति एक मुख्य जिम्मेवारी, मुख्यमन्त्रीहरु हेरफेर, मन्त्रिपरिषद् फेरबदललगायत विषयमा दुई अध्यक्षबीच जुटेको सहमति अक्षरशः पालना गर्नुपर्ने निष्कर्षमा पुगेको खबर कान्तिपुर दैनिकमा छापिएको छ ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?