सरकारले कर्मचारी भर्ना बन्द गर्‍यो

कोभिड–१९ प्रकोप र लकडाउनले मुलुक आर्थिक संकटमा पर्ने भएपछि सरकारले प्रशासनिक खर्च कटौती गर्न सबै सरकारी सेवामा नयाँ कर्मचारी भर्ना बन्द गरेको छ ।
मन्त्रिपरिषदले वैशाख १४ मा राज्य कोषबाट तलबभत्ता पाउने र सरकारी लगानी रहेका सार्वजनिक संस्थानसहित सबै संगठित संस्थामा नयाँ कर्मचारी भर्नामा रोक लगाउने निर्णय गरेको हो ।
मन्त्रिपरिषद्ले अत्यावश्यकबोहकका कर्मचारी भर्ना र दरबन्दी थप एवम् मिलानका लागि नयाँ संगठन तथा व्यवस्थापन सर्वेक्षण गर्नसमेत रोक लगाएको खबर कान्तिपुर दैनिकमा छापिएको छ ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?