सीमामा खटिएका एक असईको मृत्यु

काठमाडौं । भारतको सीमामा खटिएका एक जना सशस्त्र प्रहरीका सहायक निरीक्षक (असई)को मृत्यु भएको छ ।

भारतसँग सीमा जोडिएको सप्तरीको बोदे बर्साइन नगरपालिका-९ देउरीमा कार्यरत कुलबहादुर कार्की अकस्मात बेहोस भई मृत्यु भएको हो ।

उनी ड्यूटि गरिरहेकै अवस्थामा बेहोस भएको र तत्कालै उनको मृत्यु भएको एक अधिकारीले जानकारी दिए ।

तर मृत्युको अन्य कारण अहिलेसम्म खुल्न नसकेको साथै पोष्टमार्टमको रिपोर्ट आएपछि मृत्युको कारण खुल्ने अधिकारीले बताएका छन् ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?