कुन देशमा कति कोरोना परीक्षण गरियो ? हेर्नुहोस् (विवरणसहित)

काठमाडौं । विश्वव्यापी महामारीको रुपमा फैलिएको कोरोना भाइरसको कारण हालसम्म विश्वमा ३६ लाख ४ हजार १ सय ४० जनामा संक्रमण देखिएको छ । त्यस्तै कोरोनाको कारण हालसम्म २ लाख ५० हजार ७० जना मानिसको कोरोनाको कारण ज्यान गइसकेको तथ्यांकले देखाएको छ । कुल संक्रमितमध्ये ५० हजार १ सय ६७ जना मानिसको अवस्था गम्भीर रहेको छ । भने हालसम्म कोरोना उपचारपछि ११ लाख ६९ हजार ४ सय ५ जना मानिस निको भएर घर फर्किएको तथ्यांकले देखाएको छ ।

हालसम्म विश्वमा कोरोनाको औषधी पत्ता लाग्न सकेको छैन् । तर वैज्ञानिक तथा विज्ञहरुले प्रयास भने जारी राखेका छन् । साथै कोरोना परीक्षण भने व्यापक मात्रामा भइरहेका छन् ।

हालसम्म संयुक्त राज्य अमेरिकामा ७२ लाख ४९ हजार १ सय २६ वटा कोरोना परीक्षणहरु भएका छन् । यो समाचार तयार पार्दासम्म कोरोनाको कारण अमेरिकामा ६९ हजार ८ जना मानिसको ज्यान गइसकेको र ११ लाख ९४ हजार ४ सय ३४ जना मानिसमा कोरोना संक्रमण देखिएको छ ।

त्यस्तै अर्काे देश स्पेनमा हालसम्म १९ लाख ३२ हजार ४ सय ५५ वटा कोरोना परीक्षण गरिएको छ । यो समाचार तयार पार्दासम्म कोरोनाको कारण २५ हजार ४ सय २८ जना मानिसको ज्यान गइसकेको छ । भने हालसम्म २ लाख ४८ हजार ३ सय १ जना मानिस कोरोना संक्रमणको शिकार भएका छन् ।

त्यस्तै इटालीमा पनि २१ लाख ९१ हजार ४ सय ३ जनाको कोरोना परीक्षण गरिएको छ । भने हालसम्म कोरोनाको कारण २९ हजार ७९ जना मानिसको ज्यान गइसकेको छ । भने आजमात्र त्यहाँ कोरोनाको कारण १ सय ९५ जना मासिनको ज्यान गएको वल्डोमिटरको तथ्यांकले देखाएको छ ।

त्यस्तै बेलायतमा हालसम्म १२ लाख ६ हजार ४ सय ५ वटा कोरोना परीक्षणहरु गरिएका छन् । भने यो समाचार तयार पार्दासम्म १ लाख ९० हजार ५ सय ८४ जना मानिसमा कोरोना संक्रमण देखिएको छ । भने हालसम्म कोरोनाको कारण २८ हजार ७ सय ३४ जनाको ज्यान गइसकेको छ ।

त्यस्तै फ्रान्समा हालसम्म ११ लाख २ सय २८ वटा कोरोना परीक्षण गरिएको छ । भने त्यहाँ यो समाचार तयार पार्दासम्म १ लाख ६८ हजार ६ सय ९३ जना मानिसमा कोरोना संक्रमण देखिएको छ । त्यस्तै हालसम्म कोरोनाको कराण २४ हजार ८ सय ९५ जना मानिसको ज्यान गइसकेको तथ्यांकले देखाएको छ ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?