एसपी यादव / सर्लाही । सर्लाहीमा आज एक कार्यक्रमको आयोजना गरि बागमती सेवा समाज नेपालले सर्लाहीको सदरमुकाम समेत रहेको मलङ्ग्वास्थित जिल्ला अस्पताल, बसबरिया गाउपालिकापा र चक्रघट्टा गाउपालिकालाई स्वास्थ्य तथा स्वच्छता सामाग्री हस्तान्तरण गरेको छ ।
स्वास्थ्य तथा स्वच्छता सामाग्रीहरुमा ह्याण्ड सेनिटाइजर, सर्जिकल मास्क, केएन ९५ मास्क, एप्रोन र थर्मल गन हस्तान्तरण गरिएको बागमती सेवा समाज नेपालका अध्यक्ष भरत कार्कीले जानकारी गराएका छन् ।

जिल्ला अस्पताल र दुई वटा स्थानीय तह समेत गरि हैन्ड सेनिटाइजर १८५ थान, सर्जिकल मास्क ७५० थान, केएन ९५ मास्क ८५ थान, एप्रोन ७७ थान र थर्मल गन १५ थान अस्पताल तथा गापा अध्यक्षहरुलाई हस्तान्तरण गरिएको छ ।
बाग्मती सेवा समाज नेपालका अध्यक्ष भरत कार्कीका अनुसार, कोरोना भाइरसको महामारीलाई न्यूनीकरण गर्नका लागी स्वास्थ्य तथा स्वच्छता सामाग्रीहरु हस्तान्तरण गर्नुपरेको बताए ।
कोरोना भाइरसको महामारीका कारण अहिले विश्वनै आक्रान्त बनेको र यो भाइरसले विश्वमा नै भयावह रुप लिदै गएकोले त्यसलाई मध्य नजर गर्दै सर्लाहीमा स्वास्थ्य तथा स्वच्छता सामाग्री हस्तान्तरण अभियाननै चलाएको अध्यक्ष कार्कीले बताए ।
यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?










प्रतिक्रिया