काठमाडौं – नेपालमा हालसम्म कोरोना संक्रमितको संख्या ७५ जना पुगेको छ । तिमध्ये १६ जना उपचारपछि निको भएर घर फर्केका छन् । स्वास्थ्य तथा जनसंख्या मन्त्रालयले नियमित प्रेस ब्रिफिङमा दिएको जानकारी अनुसार हालसम्म रुपन्देहीमा १ जना, नेपालगन्जमा १६ जना, धनगढीमा १ जना, भरतपुरमा १ जना वीरगंजमा ९ जना, विराटनगरमा ३१ जना गरी ५९ जनाको उपचार भइरहेको छ । उनीहरु सबैको स्वास्थ्य अवस्था सामान्य छ ।
मन्त्रालयका प्रवक्ता डाक्टर विकास देवकोटाका अनुसार प्रदेश १ मा ३१ जना, प्रदेश २ मा १३ जना, वाग्मती प्रदेशमा ७ जना, गण्डकी प्रदेशमा २ जना, प्रदेश ५ मा १७ जना, कर्णाली प्रदेशमा हालसम्म संक्रमित भेटिएका छैनन् भने सुदूरपश्चिम प्रदेशमा ५ जना संक्रमित छन् ।
हालसम्म नेपालमा पिसीआर विधीमार्फत् १३ हजार ६ सय ४० जनामा कोरोना जाँच गरिएको छ भने आरडीटि विधीमार्फत् ५० हजार ८ सय ४५ जना को कोरोना परीक्षण गरिएको छ ।
आरडीटि विधीमार्फत् प्रदेश १ मा ५ हजार ८ सय ३७ जनाको जाँच गरीएको छ भने प्रदेश २ मा ५ हजार ७ सय ३६ जना, वाग्मती प्रदेशमा ८ जनार ६ सय १० जना, गण्डकी प्रदेशमा ५ हजार ८ सय ८२ जना, प्रदेश ५ मा ४ हजार ८ सय ३१ जना कर्णाली प्रदेशमा ५ हजार ८ सय १३ जना सुदूरपश्चिम प्रदेशमा १४ हजार १ सय ३६ जनामा कोरोना जाँच गरिएको छ ।
हालसम्म २१ हजार ५ सय २३ जना क्वारेन्टाईनमा बसेका छन् । प्रदेश १ मा २ हजार २ सय ९९ जना , प्रदेश २ मा १ हजार ३ सय १९ जना, वाग्मती प्रदेशमा २५६ जना गण्डकी प्रदेशमा ६५८ जना, प्रदेश ५ मा ९ हजार ९ सय ५३ जना कर्णाली प्रदेशमा ३ हजार २ सय ८९ जना सुदूरपश्चिम प्रदेशमा ३ हजार ७ सय ५९ जना क्वारेन्टाईनमा बसीरहेको तथ्यांक छ ।
त्यस्तै १ सय ६ जना अईसोलेसनमा उपचार गराइरहेका छन् । तिमध्ये काठमाडौंमा १ जना र बाकी १०५ जना बाहिरी जिल्लामा छन् ।
मन्त्रालयको कल सेन्टर ११३३ र १११५ मा गत २४ घण्टामा मात्रै १८७४ जनाले सम्पर्क गरी विभिन्न जिज्ञाशाका जवाफ लिएका छन् । मोबाईल एप्लीकेसन तथा वेवसाईटमार्फत् स्वमूल्याकंन गरेका ३० हजार ४ सय ६८ जनामध्ये हालसम्म ३२८ जना रेड जोनमा परेको मन्त्रालयले जनाएको छ ।
गत २४ घण्टामा मात्रै ४८४ वटा कल आएकोमा स्वमूल्याकंनका आधारमा ७ जना रेड जोनमा परेका छन् । उनीहरुलाई संभावित संक्रमितको सूचीमा राख्दै कन्ट्याक ट्रेसिङ गर्ने र सम्पर्क गरी परीक्षणको दायरामा ल्याउने काम भइरहेको डाक्टर देवकोटाले जानकारी दिए ।
यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?










प्रतिक्रिया