काठमाडौं – काठमाडौंको तिलगंगामा कारको ठक्करबाट ड्युटीमा खटिएकी एकजना ट्राफिक प्रहरी जवान गम्भीर घाइते भएकी छन् ।
ड्युटीमा खटिएकी ट्राफिक प्रहरी जवानलाई बा २१ च ८५३० नम्बरको निजी कारले ठक्कर दिँदा उनी गम्भिर घाईते भएकी हुन् ।
दुर्घटनालगत्तै उनलाई केएमसी अस्पताल सिनामंगलमा लगिएको थियो । केएमसीले बीएण्डबी अस्पताल रिफर गरेपछि तत्काल उनलाई ललितपुरको बीएण्डबी अस्पताल लगिएको छ । उनको दुवै खुट्टामा गम्भिर चोट लागेको छ ।
ठक्कर दिने कार र चालकलाई प्रहरीले नियन्त्रणमा लिएको छ ।
यसअघि प्रकाशित समाचार :
कोरोना भाइरसका कारण मृत्यु हुनेको संख्या २ लाख ३ हजार नाघ्यो, २९ लाख बढी संक्रमित
यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?










प्रतिक्रिया