कोरोना भाइरसका कारण मृत्यु हुनेको संख्या २ लाख ३ हजार नाघ्यो, २९ लाख बढी संक्रमित

काठमाडौं – कोरोना भाइरस ‘कोभिड – १९’ को संक्रमणका कारण विश्वभर २ लाख ३ हजार २८९ जना मानिसको मृत्यु भएको छ । विश्वभर यो समाचार तयार पार्दासम्म २९ लाख २१ हजार २ सय १ जनामा कोरोना संक्रमण देखिएको छ । संक्रमितमध्ये ८ लाख ३६ हजार ९ सय ६९ जना मानिस उपचारपछि निको भएर घर फर्केका छन् ।

कोरोना भाइरस संक्रमणका कारण सबैभन्दा धेरै अमेरिकामा ५४ हजार २ सय ६५ जनाको मृत्यु भएको छ भने संक्रमितको संख्या ९ लाख ६० हजार ८ ९६ जना मानिस संक्रमित रहेका छन् । तिमध्ये १ लाख १८ हजार १ सय ६२ जना निको भएका छन् । त्यहाँ आजमात्रै ९ जनाको मृत्यु भएको छ ।

अहिलेसम्म यो भाइरस विश्वका दुई सय १० देशमा फैलिएको छ । यो समाचार तयार पार्दासम्म इटलीमा २६ हजार ३ सय ८४, स्पेनमा २२ हजार ९ सय २, फ्रान्समा २२ हजार ६ सय १४ र बेलायतमा २० हजार ३ सय १९ जनाको मृत्यु भएको छ ।

फ्रान्समा २२ हजार ६ सय १४ जनाको मृच्यु भएको छ । ९४ हजार २ सय मानिस उपचार गराइरहेका छन् ।

यसअघि प्रकाशित : 

बर्दियाबाट भारत गएका दुई जना भारतीयमा कोरोना पुष्टि

नासाले ३७ दिन लगाएर बनायो ‘भेन्टिलेटर’, कोरोनाको महामारीबाट बचाउने आश !

पछिल्लो समय कोरोनाको टार्गेटमा परेका तीन देश

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?