सुर्खेत । कर्णाली प्रदेशका विभिन्न स्थानमा अस्थायी रूपमा बस्दै आएकाहरू अब आ(आफ्नो घर जान पाउने भएका छन् । आज (शनिबार) बसेको कर्णाली प्रदेश विपद व्यवस्थापन समितिको बैठकले विशेषगरी सुर्खेत र अन्य विभिन्न जिल्लामा अस्थायी रूपमा बस्दै आएका मजदुर, विद्यार्थी र सर्वसाधारणहरूलाई आ(आफ्नो प्रदेश तथा जिल्ला पठाउने निर्णय गरेको हो । बैठकले लकडाउनका कारण अलपत्र परेका नागरिकहरूको सम्बन्धि जिल्ला तथा स्थानीय तहसंग समन्वय गरि आ(आफ्नो जिल्ला पठाउने निर्णय गरेको हो ।
उक्त बैठकले भारत तथा अन्य मुलुकबाट कर्णाली प्रदेशमा भित्रिएका नागरिकहरूलाई अनिवार्य क्वारेन्टाइनमा राख्न र स्वास्थ्य परिक्षण पनि गर्नुपर्ने निर्णय गरेको छ । कोरोना विरूद्व स्थानीय तहमा प्रमुख, सुरक्षा तथा स्वास्थ्यकर्मी सहितको समूह गठन गरि परिचालन गर्ने, चैत १ गते पछि आफ्नो स्थानीय तहमा भित्रिएकाहरूको यात्रा इतिहास तयार गर्न अनुरोध गर्ने निर्णय उक्त बैठकले गरेको छ ।
कोरोना परिक्षढमा तिव्रता दिन मुख्यमन्त्रीको निर्देशन
बैठकमा कर्णाली प्रदेशका मुख्यमन्त्री महेन्द्रवहादुर शाहीले कर्णाली प्रदेशमा कोरोना भाईरस (कोभिड–१९)को परिक्षणलाई तिव्र वनाउन निर्देशन दिएका छन् । उनले पछिल्लो वेला प्रदेशमा भित्रिएका नागरिकहरुलाई केन्द्रीत गरि कोरोना परिक्षणलाई तिव्रता दिन निर्देशन दिएका हुन् ।
मुख्यमन्त्री शाहीले लकडाउनले समस्यामा परेका कारण उद्धार गरि जिल्लामा पुगेका मजदुर तथा विद्यार्थीहरुवाट सम्भावित संक्रमणको जोखिम कम गर्न कोरोना परिक्षणलाई तिव्रता दिन जरुरी रहेको वताए ।
कोरोना परिक्षणका लागि आवश्यक र्यापिड टेस्ट कीट लगायतका सामाग्रिको तत्काल आपुर्ती व्यवस्था मिलाउन सामाजिक विकास मन्त्रालयलाई निर्देशन दिँदै मुख्यमन्त्री शाहीले संघीय सरकारवाट प्राप्त हुन सक्ने अवस्था भएमा तत्काल माग गर्न र आपुर्ती हुन नसक्ने अवस्थामा खरिद गरेर भएपनि परिक्षणका लागि आवश्यक सामाग्रीको व्यवस्थापन गर्नुपर्ने बताए ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?










प्रतिक्रिया