राष्ट्र बैंकले किन माग्यो ठूला ऋणीको विवरण

पाँच करोड वा त्यसभन्दा बढी ऋण लिएका ऋणीको विवरण पठाउन राष्ट्र बैंकले बैंक तथा वित्तीय संस्थालाई निर्देशन दिएको छ ।
कोभिड १९ ले अर्थतन्त्रमा पारेको क्षेत्रगत असर पत्ता लगाउने उद्देश्यले ठूला ऋणीको विवरण पठाउन बैंक तथा वित्तीय संस्थालाई भनिएको खबर कान्तिपुर दैनिकमा खबर छ ।

कोरोना संक्रमणबाट बच्न सरकारले लकडाउन घोषणा गरेपछि अर्थतन्त्रका धेरै क्षेत्र प्रभावित भए पनि केहीले लाभ पनि लिइरहेका छन् ।

यसरी कुन क्षेत्र वा ऋणीको व्यवसाय प्रभावित छ, कुनको छैन भनी वास्तविक पीडित पत्ता लगाउन ऋणीको विवरण मागिएको राष्ट्र बैंक नियमन विभाग प्रमुख देवकुमार ढकालले जानकारी दिए ।

‘कोरोनाबाट प्रभावित व्यवसाय, नोक्सान, ऋणीको आर्थिक स्थितिलगायत विवरण पत्ता लगाउने हो,’ उनले भने, ‘उक्त सूचनाका आधारमा कसलाई कति राहत चाहिएको हो, त्यो विवरण निकाल्छौं ।’ यसरी नीति र कानुनका आधारमा राष्ट्र बैंकले सक्ने राहतका कार्यक्रम ल्याउँछ । नसक्ने राहतका लागि सरकारलाई सुझाव दिइने पनि उनले बताए ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?