काठमाडौं । विश्वका लागि स्वास्थ्य क्षेत्रमा सबैभन्दा ठूलो चुनौति बनेको कोरोना भाइरसको महामारीका कारण अहिलेसम्म विश्वमा १ लाख ९३ हजार १८३ जनाको ज्यान गएको छ भने २७ लाख ६० हजार ९६७ जनालाई संक्रमण भएको छ ।
त्यस्तै ७ लाख ६२ हजार ९०७ जना उपचार पछि निको भएका छन् भने ५८ हजार ६९८ जनाको स्वास्थ्य अवस्था गम्भीर रहेको छ ।
यसैबीच विश्वका २१० देशमा आफ्नो प्रकोप फैलाएको कोरोना भाइरसका कारण अमेरिकामा अहिलेसम्म ५० हजार ३७० जनाको ज्यान गएको छ भने ८ लाख ८९ हजार ३९१ जनालाई संक्रमण भएको छ ।
त्यस्तै आज मात्रै अमेरिकामा महामारीबाट १३४ जनाको ज्यान गएको छ भने २ हजार ९४९ नयाँ संक्रमित आजै थपिएका छन् ।
अमेरिकामा यो समाचार तयार पार्दासम्म १५ हजार ४२ जनाको स्वास्थ्य अवस्था गम्भीर रहेको छ । अमेरिकाको न्युयोर्कमा मात्रै अहिलेसम्म २० हजार ८६१ जनाको मृत्यु भएको छ भने २ लाख ६८ हजार ५८१ जनालाई संक्रमण भएको छ ।
त्यस्तै अमेरिकाको न्युजर्सीमा अहिलेसम्म कोरोना भाइरसको महामारीका कारण ५ हजार ४२८ जनाको ज्यान गएको छ भने १ लाख २५ जनालाई संक्रमण भएको छ ।
त्यस्तै कोरोना भाइरसको महामारीका कारण ग्रस्त स्पेनमा अहिलेसम्म महामारीका कारण २२ हजार ५२४ जनाको मृत्यु भएको छ भने २ लाख १९ हजार ७६४ जनालाई संक्रमण भएको छ ।
आज मात्रै त्यहाँ ६ हजार ७४० जना नयाँ संक्रमित थप्एिका छन् भने आज नै ३६७ जनाको ज्यान गएको छ । त्यहाँ ७ हजार ७०५ जनाको स्वास्थ्य अवस्था गम्भीर रहेको छ ।
त्यस्तै इटालीमा अहिलेसम्म कोरोना भाइरसको महामारीका कारण २५ हजार ५४९ जनाको ज्यान गएको छ भने १ लाख ८९ हजार ९७३ जनालाई संक्रमण भएको छ ।
त्यस्तै फ्रान्समा कोरोना भाइरसको महामारीको कारण अहिलेसम्म २१ हजार ८५६ जनाको ज्यान गएको छ भने १ लाख ५८ हजार १८३ जनालाई संक्रमण भएको छ । त्यस्तै जर्मनीमा महामारीका कारण ५ हजार ५७७ जनाको ज्यान गएको छ भने १ लाख ५३ हजार ५८४ जनालाई संक्रमण भएको छ ।
त्यहाँ आज मात्रै २ जनाको ज्यान गएको छ भने थप ४५५ जना नयाँ संक्रमित थपिएका छन् । त्यस्तै कोरोनाको प्रकोपबाट बेलायतमा अहिलेसम्म १९ हजार ५०६ जनाको ज्यान गएको छ भने १ लाख ४३ हजार ४६४ जनालाई संक्रमण भएको छ । त्यहाँ आज मात्रै ७६८ जनाको ज्यान गएको छ भने आजै ५ हजार ३८६ नयाँ संक्रमित थपिएका छन् ।
त्यस्तै टर्कीमा कोरोना भाइरसको महामारीका कारण अहिलेसम्म २ हजार ४९१ जनाको ज्यान गएको छ भने १ लाख १ हजार ७९० जनालाई संक्रमण भएको छ ।
त्यस्तै ईरानमा अहिलेसम्म ५ हजार ५७४ जनाको ज्यान गएको छ भने ८८ हजार १९४ जनालाई संक्रमण भएको छ । त्यहाँ आज मात्रै ९३ जनाले ज्यान गुमाएका छन् भने आजै १ हजार १६८ जना नयाँ संक्रमित थपिएका छन् ।
त्यस्तै चीनमा आज थप ६ जना नयाँ संक्रमित थपिएका छन् । योसँगै चीनमा ८२ हजार ८०४ जनालाई संक्रमण भएको छ भने ४ हजार ६३२ जनाको ज्यान गएको छ ।
त्यस्तै रुसमा अहिलेसम्म महामारीबाट ६१५ जनको ज्यान गएको छ भने ६८ हजार ६२२ जनालाई संक्रमण भएको छ । त्यहाँ आज मात्रै ५ हजार ८४९ नयाँ संक्रमित थपिएका छन् भने आजै ६० जनाले ज्यान गुमाएका छन् ।
त्यस्तै ब्राजिलमा अहिलेसम्म ३ हजार ३६५ जनाको ज्यान गएको छ भने ५० हजार ५१२ जनालाई संक्रमण भएको छ । त्यहाँ आज मात्रै १ हजार २० जना नयाँ संक्रमित थपिएका छन् भने ५२ जनाले आजै ज्यान गुमाएका छन् ।
त्यस्तै बेल्जियममा आज मात्रै १८९ जनाको ज्यान गएको छ । योसँगै त्यहाँ ६ हजार ६७९ जनाले ज्यान गुमाएका छन् भने संक्रमितको संख्या ४४ हजार २९३ पुगेको छ । त्यहाँ आज मात्रै १ हजार ४९६ नयाँ संक्रमित थपिएका छन् ।
त्यस्तै क्यानडामा २ हजार १४७ जनाले ज्यान गुमाएका छन् भने ४२ हजार ११० जनालाई संक्रमण भएको छ । त्यस्तै नेदरल्याण्ड्समा अहिलेसम्म कोरोना भाइरसको महामारीका कारण ४ हजार २८९ जनाले ज्यान गुमाएका छन् भने ३६ हजार ५३५ जनालाई संक्रमण भएको छ ।
त्यहाँ आज मात्रै ८०६ नयाँ संक्रमित थपिएका छन् भने आज नै ११२ जनाको मृत्यु भएको छ । त्यस्तै स्विट्जरल्याण्मा अहिलेसम्म कोरोना भाइरसको महामारीका कारण १ हजार ५७८ जनाले ज्यान गुमाएका छन् भने २८ हजार ६७७ जनालाई संक्रमण भएको छ ।
त्यहाँ आज मात्रै १८१ नयाँ संक्रमित थपिएका छन् भने आज नै त्यहाँ २९ जनाको मृत्यु भएको छ । त्यस्तै छिमेकी देश भारतमा संक्रमितको संख्या २३ हजार ५०२ पुगेको छ भने मृतकको संख्या ७२२ पुगेको छ ।
आज मात्रै त्यहाँ ४६३ नयाँ संक्रमित पाइएका छन् भने आजै थप १ जनाको ज्यान गएको छ । त्यस्तै स्विडेनमा कोरोना भाइरसको महामारीका कारण अहिलेसम्म २ हजार १५२ जनाको ज्यान गएको छ भने १७ हजार ५६७ जनालाई संक्रमण भएको छ ।
त्यहाँ आज मात्रै १३१ जनाको ज्यान गएको छ भने आज नै त्यहाँ ८१२ जना नयाँ संक्रमित थपिएका छन् । त्यस्तै मेक्सिकोमा अहिलेसम्म १ हजार ८९ जनको ज्यान गएको छ भने ११ हजार ६३३ जनालाई संक्रमण भएको छ ।
त्यहाँ आज मात्रै १ हजार ८९ नयाँ संक्रमित थपिएका छन् भने आजै त्यहाँ ९९ जनाको ज्यान गएको छ ।
यो समाचार तयार पार्दासम्म विश्वमा आज २ हजार २६४ जनाको ज्यान गएको छ भने आजै ३७ हजार ९२३ नयाँ संक्रमित थपिएका छन् ।
यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?










प्रतिक्रिया