तानसेन सीमेन्टले चाल्यो कोभिड-१९ विरुद्ध कदम

काठमाडौं । विश्वव्यापी महामारीको रुपमा फैलिईरहेको कोरोना भाईरस कोभिड १९ को सम्भावित संक्रमणको जोखिम रोकथाम एवं नियन्त्रणका लागि पाल्पा सीमेन्टद्वारा पश्चिम नवलपरासी सुनवल नगरपालिका वडा नम्बर ७ मा किटनासक औषधी छर्ने काम सम्पन्न भएको छ ।

सुनवल नगरपालिका ७ का वडा अध्यक्षको अगुवाईमा र सिसाहानीमा अबस्थित पाल्पा तानसेन सीमेन्ट को सहयोग मा वडाका सम्पूर्ण ठाउँमा बिषाधि छरिएको हो । खानी स्थल प्रभावित क्षेत्रमा सहयोग गर्नका लागि भनेर पाल्पा सिमेन्ट ई. प्रा.ली ले ४ लाख १ हजारको चेक माथागढी गाउँपालिकाका कार्याकारी प्रमुखलाई हस्तान्तरण गरिएको जनाएको छ ।

साथै, सुनवल नगरपालिकाको दैवी प्रकोप उद्दार विशेष कोषमा जम्मा हुने गरि पाल्पा सिमेन्ट प्रा.लि.ले २ लाख ११ हजार १ सय ११ रुपैयाँ सहयोग गरेको छ। उक्त सहयोग रकम सुनवल नगरपालिकाका प्रमुख भीम बहादुर थापा , वडा नम्बर ३ र ५ का अध्यक्षद्वय कर्ण बहादुर सेनज्यू र थमन सिंह नेपालीलाई उक्त समुहका पि आर म्यानेजर जीवन प्रकाश निरौला लगायतका पदाधिकारीहरुले गत चैत २७ गते नै हस्तान्तरण गरेका थिए ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?