काठमाडौं । विश्वका लागि स्वास्थ्य क्षेत्रकै सबैभन्दा ठूलो कोरोना भाइरसको महामारीका कारण विश्वमा १ लाख ९० हजार ६५४ जनाको जनाको ज्यान गएको छ भने ७ लाख ४५ हजार ६२० जना उपचार पछि निको भएका छन् ।
त्यस्तै २७ लाख १८ हजा ६९९ जनालाई संक्रमण भएको छ भने विश्वमा अहिलेसम्म ५८ हजार ६७८ जनाको स्वास्थ्य अवस्था गम्भीर रहेको छ ।
कोरोना भाइरसको महामारीबाट ऋत्याधिक प्रभावित देश अमेरिकामा अहिलेसम्म ४९ हजार ८४५ जनाको ज्यान गएको छ भने ८ लाख ८० हजार २०४ जनालाई संक्रमण भएको छ ।
त्यस्तै स्पेनमा २२ हजार १५७ जनाको ज्यान गएको छ भने २ लाख १३ हजार २४ जनालाई संक्रमण भएको छ ।
त्यस्तै इटालीमा महामारीबाट १ लाख ८९ हजार ९७३ जना ग्रस्त बनेका छन् भने २५ हजार ५४९ जनाको मृत्यु भएको छ । त्यस्तै फ्रान्समा महामारीका कारण २१ हजार ८५६ जनाको ज्यान गएको छ भने १ लाख ५८ हजार १८३ जनालाई संक्रमण भएको छ ।
त्यस्तै जर्मनीमा ५ हजार ५७५ जनाको ज्यान गएको छ भने १ लाख ५३ हजार १२९ जनालाई संक्रमण भएको छ । त्यस्तै बेलायतमा १ लाख ३८ हजार ७८ जनालाई संक्रमण भएको छ भने १८ हजार ७३८ जनाको कोरोना भाइरसको महामारीका कारण मृत्यु भएको छ ।
त्यस्तै टर्कीमा अहिलेसम्म कोरोना भाइरसको महामारीका कारण २ हजार ४९१ जनाको ज्यान गएको छ भने १ लाख १ हजार ७९० जनालाई संक्रमण भएको छ ।
त्यस्तै ईरानमा महामारीबाट ५ हजार ४८१ जनाको मृत्यु भएको छ भने ८७ हजार २६ जनालाई संक्रमण भएको छ । त्यस्तै चीनमा आज थप ६जनालाई कोरोना भाइरसको संक्रमण देखिएको छ ।
योसँगै चीनमा ८२ हजार ८०४ जनालाई संक्रमण भएको छ भने ४ हजार ६३२ जनाको ज्यान गएको छ । त्यस्तै रुसमा अहिलेसम्म महामारीबाट ५५५ जनाको ज्यान गएको छ भने संक्रमितको संख्या ६२ हजार ७७३ रहेको छ ।
त्यस्तै ब्राजिलमा अहिलेसम्म ३ हजार ३३१ जनाले ज्यान गुमाएका छन् भने५० हजार ३६जनालाई संक्रमण भएको छ । त्यहाँ आज मात्रै १८ जनाको ज्यान गएको छ भने ५४४ जनालाई संक्रमण भएको छ ।
त्यस्तै बेल्जियममा कोरोना भाइरसको महामारीका कारण ६ हजार ४९० जनाको ज्यान गएको छ भने ४२ हजार ७९७ जनालाई संक्रमण भएको छ ।
त्यस्तै क्यानडामा कोरोना भाइरसको महामारीका कारण अहिलेसम्म २ हजार १४७ जनाले ज्यान गुमाएका छन् भने ४२ हजार ११० जनालाई संक्रमण भएको छ ।
त्यस्तै नेदरल्याण्ड्समा अहिलेसम्म ४ हजार १७७ जनाको ज्यान गएको छ भने ३५ हजार ७२९ जनालाई संक्रमण भएको छ । त्यस्तै स्विट्जरल्याण्डमा अहिलेसम्म १ हजार ५ सय ४९ जनालाई संक्रमण भएको छ भने २८ हजार ४९६ जनालाई संक्रमण भएको छ ।
त्यस्तै छिमेकी देश भारतमा ७२१ जनाको ज्यान गएको छ भने २३ हजार ३९ जनालाई संक्रमण भएको छ । त्यस्तै स्विडेनमा कोरोना भाइरसको महामारीका कारण २ हजार २१ जनाको ज्यान गएको छ भने १६ हजार ७५५ जनालाई संक्रमण भएको छ ।
त्यस्तै मेक्सिकोमा कोरोना भाइरसको महामारीका कारण ज्यान गुमाउनेको संख्या हजार नाघेको छ । त्यहाँ महामारीबाट १ हजार ६९ जनाको ज्यान गएको छ भने ११ हजार ६३३ जनालाई संक्रमण भएको छ । आज मात्रै त्यहाँ ९९ जनाले ज्यान गुमाएका छन् भने आजै १ हजार ८९ जनालाई संक्रमण भएको छ ।
यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?










प्रतिक्रिया