रौतहट । बन्दाबन्दीका कारण दाना नहुँदा रौतहटको रौतहटकस्थित दुुईवटा पोखरीको लाखौँ बराबरको माछा मर्न थालेका छन् ।
मौलापुर नगरपालिका वडा ८ का किसान जयराम यादव र अजय यादवको माछा मर्न थालेको हो । उक्त पोखरीमा झण्डै १० लाख रुपैयाँ बराबरको माछा रहेको यादवद्वयको भनाइ छ ।
यसैबीच बौधिमाई नगरपालिका वडा ७ बंकुलचोकस्थित होटेल रजनी मिट हाउमा बुधवार राति भएको आगलागीको क्षतिको विवरण सङ्कन भइरहेको छ ।
बोर्डर आउटपोष्ट बंकुलका सशस्त्र प्रहरी निरीक्षक दिपनरसिंह राईको कमाण्डमा गएको टोलीले र गाँउलेहरु मिलेर आगलागी नियन्त्रण गराएका थिए । रासस
यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?










प्रतिक्रिया