काठमाडौं । महामारीको रुपमा फैलिएको कोरोना भाइरसको कारण बितेको २४ घण्टामा ६१ हजार ६ सय कोरोना संक्रमित थपिएका छन् । भने ४ हजार ७ सय ९१ जनाको ज्यान गएको छ । त्यस्तै
यो समाचार तयार पार्दासम्म कोरोना भाइरसको कारण अहिलेसम्म १ लाख ८८ हजार ८५७ जनाको ज्यान गएको छ भने २६ लाख ९७ हजार ३१६ जनालाई संक्रमण देखिएको छ ।
त्यस्तै ७ लाख ३९ हजार ९४५ जना उपचार पछि निको भएका छन् । त्यस्तै विश्वमा ५८ हजार २० जनाको स्वास्थ्य अवस्था गम्भीर रहेको छ ।
त्यस्तै कोरोना भाइरसको महामारीका कारण अमेरिकामा यो समाचार तयार पार्दासम्म ४८ हजार ८ सय ८६ जनाको ज्यान गएको छ भने ८ लाख ६६ हजार १४८ जनालाई संक्रमण भएको छ ।
त्यस्तै स्पेनमा अहिलेसम्म कोरोना भाइरसका कारण २२ हजार १५७ जनाको ज्यान गएको छ भने २ लाख १३ हजार २४ जनालाई संक्रमण भएको छ ।
आज मात्रै त्यहाँ ४४० जनाको ज्यान गएको छ भने आज नै ४ हजार ६३५ जना नयाँ संक्रमित थपिएका छन् । त्यस्तै इटालीमा अहिलेसम्म २५ हजार ५४९ जनाको ज्यान गएको छ भने १ लाख ८९ हजार ९७३ जनालाई संक्रमण भएको छ ।
त्यस्तै फ्रान्समा अहिले सम्म महामारीबाट २१ हजार ८५६ जनाको ज्यान गएको छ भने १ लाख ६१ हजार ५३० जनालाई संक्रमण भएको छ ।
त्यस्तै जर्मनीमा कोरोना भाइरसका कारण ५ हजार ३६७ जनाको ज्यान गएको छ भने १ लाख ५१ हजार २८५ जनालाई संक्रमण भएको छ त्यहाँ आज मात्रै ३९ जनाको ज्यान गएको छ भने आज नै त्यहाँ ६३७ जना नयाँ संक्रमित थपिएका छन् ।
त्यस्तै बेलायतमा कोरोना भाइरसको महामारीका कारण १८ हजार ७३८ जनाको ज्यान गएको छ भने १ लाख ३८ हजार ७८ जनालाई संक्रमण भएको छ ।
त्यहाँ आज मात्रै ४ हजार ५८३ नयाँ संक्रमित थपिएका छन् भने आज नै बेलायतमा थप ६३८ जनाको ज्यान गएको छ ।
त्यस्तै टर्कीमा कोरोना भाइरसको महामारीबाट २ हजार ४०० जनाको ज्यान गएको छ भने १ लाख १ हजार जनालाई संक्रमण भएको छ ।
त्यस्तै ईरानमा आज थप ९० जनाको ज्यान गएको छ भने आजै १ हजार ३० जना नयाँ संक्रमित थपिएका छन् । ईरानमा ८७ हजार २६ जनालाई संक्रमण भएको छ भने अहिलेसम्म ५ हजार ४८१ जनाको ज्यान गईसकेको छ ।
त्यस्तै चीनमा आज थप १० जनालाई कोरोनाको संक्रमण भएसँगै जम्मा संक्रमितको संख्या ८२ हजार ७९८ पुगेको छ । त्यहाँ ४ हजार ६३२ जनाले ज्यान गुमाएका छन् ।
त्यस्तै रुसमा आज मात्रै ४२ जनाको ज्यान गएको छ भने आज नै त्यहाँ ४ हजार ७७४ जना नयाँ संक्रमित थपिएका छन् । त्यस्तै त्यहाँ अहिलेसम्म ५५५ जनाले ज्यान गुमाएका छन् भने ६२ हजार ७७३ जनालाई संक्रमण भएको छ ।
त्यस्तै बेल्जियममा कोरोना भाइरसका कारण अहिलेसम्म ६ हजार ४९० जनाको ज्यान गएको छ भने ४२ हजार ७९७ जनालाई संक्रमण भएको छ ।
त्यहाँ आज मात्रै २२८ जनाले ज्यान गुमाएका छन् भने आज नै ९०८ जना नयाँ संक्रमित थपिएका छन् । त्यस्तै क्यानडामा २ हजार १४१ जनाको ज्यान गएको छ भने ४१ हजार ७९१ जनालाई संक्रमण भएको छ ।
त्यस्तै नेदरल्याण्ड्समा कोरोना भाइरसको महामारीका कारण अहिलेसम्म ४ हजार १७७ जनाको मृत्यु भएको छ भने ३५ हजार ७२९ जनालाई संक्रमण भएको छ ।
त्यस्तै आज मात्रै त्यहाँ ८८७ जना नयाँ संक्रमित थपिएका छन् भने १२३ जनाले आज नै ज्यान गुमाएका छन् । त्यस्तै स्विट्जरल्याण्डमा अहिलेसम्म कोरोना भाइरसका कारण १ हजार ५४९ जनाले ज्यान गुमाएका छन् भने २८ हजार ४९६ जनालाई संक्रमण भएको छ ।
त्यहाँ आज मात्रै ४० जनाको ज्यान गएको छ भने २२८ जना नयाँ संक्रमित थपिएका छन् । त्यस्तै स्वीडेनमा कोरोना भाइरसको महामारीबाट अहिलेसम्म २ हजार २१ जनाको ज्यान गएको छ भने १६ हजार ७५५ जनालाई संक्रमण भएको छ ।
त्यहाँ आज मात्रै ८४ जनाको ज्यान गएको छ भने आजै ७५१ जना नयाँ संक्रमित थपिएका छन् । त्यस्तै मेक्सिकोमा अहिलेसम्म ९७० जनाको ज्यान गएको छ भने १० हजार ५४४ जनालाई संक्रमण भएको छ ।
त्यहाँ आज मात्रै ११३ जनाको ज्यान गएको छ भने १ हजार ४३ जनालाई संक्रमण भएको छ । त्यस्तै छिमेकी देश भारतमा कोरोना भाइरसको महामारीका कारण ६८६ जनाको ज्यान गएको छ भने २१ हजार ७९७ जनालाई संक्रमण भएको छ ।
त्यस्तै आज मात्रै त्यहाँ ५ जनाको ज्यान गएको छ भने ४२७ नयाँ संक्रमित थपिएका छन् ।
यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?










प्रतिक्रिया