भोजपुरमा थप १ जनामा कोरोना संक्रमण, संक्रमितको संख्या ४८ पुग्यो

काठमाडौं । भोजपुरमा थप एक जनामा कोरोना संक्रमण पुष्टि भएको छ । जिल्लाको हथुवागढीका २६ वर्षीय पुरुषमा कोरोना संक्रमण भेटिएको स्वास्थ्य मन्त्रालयको स्रोतले जनाएको छ ।

उनी साउदी अरबबाट नेपाल आएका थिए ।

कोरोना संक्रमणको आशंकामा थ्रोट स्बावको परीक्षण बीपी कोइराला स्वास्थ्य विज्ञान प्रतिष्ठान धरानमा गरिएको थियो ।

नेपालमा बिहीवारमात्र उदयपुरकी ५५ वर्षीया महिला र जनकपुरका १४ वर्षीय किशोरमा संक्रमण देखिएको छ ।

उनीसँगै नेपालमा कोरोना संक्रमितको संख्या ४८ पुगेको छ । त्यस्तै उनीहरुमध्ये १० जना उपचार गरेर घर फर्किसकेका छन् । भने उपचाररत सबैको अवस्था सामान्य रहेको स्वास्थ मन्त्रालयले जनाएको छ ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?