पटका पड्काँउदा गयो हातको औँला

गोरखा । गोरखाको शहीद लखन गाउँपालिका–७ स्थित गरन्जागाउँमा पटका पड्काउँदा एक युवक घाइते भएका छन् ।

घाइते युवकको हातको औँला चुँडिएको जिल्ला प्रहरी कार्यालय गोरखाका प्रमुख प्रहरी उपरीक्षक (एसपी) ओमप्रसाद अधिकारीले जानकारी दिए।

बुधवार साँझ करिब साढे ७ बजेको समयमा घरमा राखिएको पटका हातमा राखेर खेलाउने क्रममा पड्किएर २० वर्षीय अनिल थापा घाइते भएको एसपी अधिकारीले बताए। रासस

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?