अमेरिकामा कोरोनाले लियो साढे २३ हजारको ज्यान

काठमाडौं। अमेरिकामा कोरोनाका कारण विश्वका अन्य मुलुकको तुलनामा सबैभन्दा धेरैको ज्यान गएको छ । मंगलबार बिहानसम्म अमेरिकामा कोरोनाका कारण २३ हजार ६४० जनाको मृत्यु भइसकमेको छ । अझैपनि अमेरिकामा १२ हजार मानिसको अवस्था गम्भीर रहेको छ ।
अमेरिकामा ५ लाख ८६ हजार ९४१ जनामा कोरोना पुष्टि भइसकेको छ भने सोमबार मात्रै २६ हजार नयाँ संक्रमित पुष्टि भएको थियो ।
सोमबारमा अमेरिकामा १५ सय २५ जनाको मृत्यु भएको पनि समाचारमा जनाइएको छ ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?