कैलालीमा कोरोनाको -यापिड टेष्ट जारी

काठमाडौं । कैलालीमा कोरोना सङ्क्रमण भए-नभएको पत्ता लगाउन -यापिड टेष्टका लागि किटको अपुग हुने जनाइएको छ । यहाँका स्थानीयतहका अनुसार जिल्लामा चैत महिनामा मात्रै १० हजारभन्दा बढी मानिस भारत लगायत अन्य देशबाट आएका छन् ।

टीकापुर नगरपालिकामा मात्र चैत महिनाभित्र भारतबाट स्वदेश आइ क्वारेन्टाइन नबसेर घरमै बसेका करिब ५०० देखि ७०० मानिस हुनसक्ने सक्ने बताइएको छ । तर यहाँ -यापिड टेष्टका लागि सरकारबाट ६० थान किट मात्रै उपलब्ध भएको नगरपालिकाको स्वास्थ्य शाखा प्रमुख बलबहादुर रावलले जानकारी दिए ।

“हामीले अहिले महिला स्वास्थ्य स्वयंसेविका परिचालन गरेर भारतबाट आएर घरमै बसेकाहरुको यकिन तथ्याङ्क निकाल्दै छौँ, त्यसपछि यकिन तथ्याङ्क आउला ।’’ उनले भने, ‘‘अहिले यहाँ ५०० देखि ७०० जति सङ्ख्या भएको अनुमान छ ।’’

यस्तै, लम्की चुहा नगरपालिकामा समेत -यापिट टेष्टका लागि सरकारले ५० किट मात्र उपलब्ध गराएको छ । “हामीले ३५ जनाको शुक्रबार टेष्ट ग-यौैँ ।’’ स्वास्थ्य शाखा संयोजक जयन्ति विष्टले भने , ‘‘बाँकी १५ किट रहेको छ आइतबार टेष्ट गर्छौं, हामीकहाँ किटभन्दा बढी क्वारेन्टाइमा राखिएका नागरिक छन्, कसरी पुग्नु रु’’

वडामा चैत महिनाभरि भारतबाट घर फर्किएर घरमै बसेकाको सङ्ख्या दुई हजारभन्दा बढी रहेको नगर प्रमुख महादेव बजगाईले भने, “हामीले अहिले वडामार्फत तथ्याङ्कन सङ्कलन गर्दैछौँ, चाँडै यकिन तथ्याङक आउँछ”, उनले भने ।

जिल्लाका विभिन्न स्थानीय तहमा चैत महिनाभरि भारतका विभिन्न ठाउँबाट स्वदेश फकिर्नेको सङ्ख्या ठूलो छ । उनीहरु सबै क्वारेन्टाइनमा बसेका छैनन् । ‘‘घरमै बसेकाको सङ्ख्या पनि धेरै छ । उनीहरु सबैलाई कोरोना भए÷नभएको यकिन गर्न -यापिड टेष्टका लागि किट भने धेरै न्यून देखिन्छ ।’’ नगरप्रमुख बजगाईले भने, ‘‘भारतबाट फर्केका सबैको परीक्षण आवश्यक छ ।’’

स्वास्थ्य निर्देशनालयका जनस्वास्थ्य अधिकृत ओमप्रकाश जोशी अहिले कैलालीमा पहिलो चरणमा क्वारेन्टाइनमा रहेकाहरुको मात्र टेष्ट गर्ने गरी काम अगाडि बढाइएको जानकारी दिए । “उच्च जोखिममा रहेकालाई चेकजाँचमा पहिलो प्राथमिकतामा राखेर काम अगाडि बढाइएको छ ।” उनले भने ‘‘थप माग गरिएको छ ।’’

जनस्वास्थ्य अधिकृत जोशीका अनुसार सङ्घीय सरकारबाट अहिलेसम्म १० हजार किट आएको छ । “१० हजार किट प्राप्त भएको छ र १० हजार किट फेरि माग गरेका छौँ ।” उनले भने, ‘‘सबैको परीक्षण गर्ने सरकारको योजना हो । किट आएमा बाँकीको पनि परीक्षण गर्नेछौँ ।’’

टीकापुर अस्पताललाई १० थान पिपिई सहयोग
आइएमई लाइफ इन्स्योरेन्सले टीकापुर अस्पताललाई १० थान पिपिई सहयोग गरेको छ । सो कम्पनीका सुदूरपश्चिम प्रमुख सुमन तिमिल्सिनाले टीकापुर अस्पतालका अध्यक्ष दीपक रावललाई सो सहयोग हस्तान्तरण गरेका हुन् ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?