अमेरिकामा कोरोनाको वितण्डा , संक्रमित ४ लाख ९० हजार कटे (अपडेटसहित)

काठमाडौँ ।विश्वमा महामारीको रुपमा रहेको कोरोना भाइसरका कारण यो समाचार तयार पार्दासम्म १ लाख २ हजार ५३ जनाले ज्यान गुमाएका छन् भन १६ लाख ८४ हजार २८० बन्दाबढी जनालाई कोरोनाको संक्रमण भएको छ । त्यसैगरी ३ लाख ७५ हजार भन्दा बढी उपचार पछि निको भएर घर गएका छन् । विश्वभर कोरोना भाइरसका कारण ४९ हजार जनाको अवस्था गम्भीर रहेको छ ।

यसैबीच कोरोना भाइरसको महामारीका कारण अहिलेसम्म अमेरिकामा १८ हजार ३२५ जनाले ज्यान गुमाएका छन् भने ४ लाख ९३ हजार ८७ जनालाई कोरोनाको संक्रमण भएको छ । त्यस्तै यो समाचार तयार पार्दा सम्म अमेरिकामा २६ हजार ८६३ जना उपचार पछि निको भएका छन् ।

अमेरिकाको न्युयोर्कमा यो समाचार तयार पार्दासम्म ७ हजार ८४४ जनाले ज्यान गुमाएका छन् । साथै १ लाख ६१ हजार ५०४ जनामा कोरोनाको संक्रमण देखिएको छ ।

न्युयोर्कमा शुक्रबारमात्र कोरोना भाइरसको महामारीका कारण ७७७ जनाले ज्यान गुमाएका छन् । त्यस्तै अमेरिकाको न्युजर्सीमा अहिलेसम्म कोरोना भाइरसका कारण १९ सय ३२ जनाको ज्यान गएको छ भने त्यहाँ २३२ जनाले ज्यान गुमाएका छन् । साथै  त्यहाँ थप ३ हजार ५६१ जना नयाँ संक्रमित पाइएको छ । न्युजर्सीमा मात्रै कोरोना भाइरसबाट ५४ हजार ५८८ जना ग्रसित छन् ।

अमेरिकाको मिशिगनमा महामारीका कारण मृत्यु हुनेको संख्या १ हजार ७६ पुगेको छ । त्यहाँ २१ हजार ५०४ जनामा कोरोनाको संक्रमण पाईएको छ ।

त्यस्तै क्यालिफोर्नियामा कोरोना भाइरसको कारण ५८९ जनाले ज्यान गुमाएका छन् भने संक्रमितको संख्या त्यहाँ २० हजार २५८ पुगेको छ ।

अमेरिकामा कोरोना महामारीका कारण १० हजार ८९६ जनाको अवस्था गम्भीर रहेको छ । यो समाचार तयार पार्दासम्म विश्वभर आज मात्रै ४ हजार ५७६ जनाको ज्यान गएको छ ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?