काठमाडौं । इंग्ल्यान्डका पूर्व डिफेन्डर नोर्मन हन्टरलाई कोरोना भाईरसको संक्रमण देखिएपछि अस्पताल भर्ना गरिएको छ ।
लिड्स युनाइटेडले शुक्रबार हन्टरलाई कोरोना भाईरस पोजिटिभ देखिएको जनाएको छ । लिड्सले आफ्ना लिजेण्ड ७६ वर्षे हन्टरको उपचार भईरहेको समेत जनाएको छ ।

हन्टरले इंग्ल्यान्डको लागि २८ खेल खेलका छन् । इंग्ल्यान्डले सन् १९६६ को विश्वकप फुटबलको उपाधि जित्दा उनी टिममा रहेका थिए ।
उनले लिड्सबाट ५ सय बढी खेल खेलेका थिए । यस्तै उनले ब्रिस्टोल सिटी र बर्न्सलेबाट समेत खेलेका थिए । एजेन्सी
यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?










प्रतिक्रिया