महिना दिनसम्म गुपचुप रह्यो भक्तपुरमा बालिका वलात्कार घटना

भक्तपुर, २४ माघ- भक्तपुर नगरपालिका १० कमलविनायककी पाँच वर्षीया परी (नाम परिवर्तन) ले आफ्नी धाई आमालाई पिसाब गर्ने ठाउँमा दुःखेको बताउँछिन्। धाई आमाले हेर्दा उनको अविकसित यौनाङ्गमा घाउचोट देखिन्छ। तर उनले आफ्नी सानी नानी बलात्कारको शिकार भएको अनुमान त के सपनामा समेत सोचेका थिइनन्त्यसैले परीको यौनाङ्ग धोईपखाली तेल मालिस गरेर मल्हम लगाइदिन्छिन्। तैपनि परीलाई सञ्चो हुँदैन। त्यसको तीन दिनपछि स्थानीय स्वास्थ्य केन्द्रमा देखाएर औषधि उपचार हुन्छ र दुख्न छोड्छ। यत्तिकैमा दुई हप्ता बित्छ। एकदिन परीले आफ्नै उमेरका बालकसँग खेल्ने क्रममा बालकमाथि घोडा चढ्छिन्। उनले बालकलाई घोडा चढेको बालककी आमाले देख्छिन् र हप्काएर परीलाई ‘तिमीले के गरेको’ भन्छिन्। परीले माया गरेको उत्तर दिन्छिन्फेरि बालककी आमाले यस्तो माया गर्न तिमीलाई कसले सिकायो भन्दै सोध्छिन्। परीले फलाना दादाले मलाई यसरी नै माया गर्नुभएको थियो भनी उत्तर दिन्छिन्। अनि बालककी आमालाई झन् बढी जान्ने उत्सुकता जाग्छ। उनले परीसँग थप सोध्छिन्, ‘दादाले अरु के के गर्नुभयो?’,  अन्नपूर्ण पोस्टमा खबर छ |अबोध सानी परीले भनिन्, ‘मेरो पपी सेममा दादाको पपी सेम ठेल्नुभयो।’यति भनेपछि परी बलात्कृत भएको खुलासा भयो। उनले पिसाब गर्ने ठाउँमा दुख्यो भनेको कारण पनि खुलेपछि भोलिपल्ट परीकी आमाबुबाले प्रहरीमा आफ्नी छोरी बलात्कृत भएको किटानी जाहेरी दिए। प्रहरीले जाहेरी परेकै दिन परीलाई जबरजस्ती करणी गर्ने युवकलाई पक्राउ गर्छयो घटना गएको पुसमा भएको पाँच वर्षीया बालिका बलात्कृत भएको घटनाको विवरण हो। महानगरीय प्रहरी परिसर भक्तपुरले उक्त घटनामा संलग्न भएको आरोपमा ललितपुरको ललितपुर महानगरपालिका २२ बुङमती घर भई हाल भक्तपुर नगरपालिका १० कमलविनायक बस्र्दै आएका १८ वर्षीय वसन्त तामाङ आइतबार पक्राउ गरिसकेको छ। उनले आफू डेरा गरी बस्ने घरका छिमेकीका पाँच वर्षीया परीलाई ललाईफकाई लगेर जबरजस्ती करणी गरेको आरोपमा परीकी आफन्तले प्रहरीकहाँ किटानी जाहरी दिएको होमहानगरीय प्रहरी परिसरका अनुसार गएको पुस ३० गते परीले आफ्नी धाई आमालाई पिसाब गर्ने ठाउँमा दुखेको बताएकी थिइन्। माथिको घटना विवरणअनुसार त्यसको तीन दिनपछि माघ ३ गते स्थानीय स्वास्थ्य केन्द्रमा जँचाएर औषधि उपचार गरिएको थियो। र, अनुसन्धानको क्रममा माघ २० गते परी र अर्का केटा साथीबीच घोडा चढ्ने खेल खेल्दै गर्दा बालिकाकी आमाले सोधखोज गर्ने बेला परीले आफू तामाङबाट बलात्कृत भएको सुनाएको खुल्न आएको परिसरले जनाएको छबालिकालाई जबरजस्ती करणी गर्ने तामाङलाई भक्तपुर जिल्ला अदालतबाट म्याद थप गरी थप अनुसन्धान कार्य अघि बढाइएको परिसरका प्रवक्ता प्रहरी नायब उपरीक्षक कृष्ण प्रसाईंले जानकारी दिए।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?