सुदूरपश्चिम प्रदेशले गर्‍यो यस्ता ६ निर्णय

काठमाडौं । विभिन्न ६ वटा निर्णय गर्दै सुदूरपश्चिम प्रदेश सरकारको बैठक सम्पन भएको छ ।

बैठकका निर्णय यसप्रकार छन्:

१ अति बिपन्न, असहाय र ज्यालादारी मजदुरका परिवारका लागी ३००० का दरले १६ करोड स्थानीय तहमार्फत राहत सहयोग गर्ने ।

२ यस प्रदेशमा कार्यरत स्वास्थ्यकर्मी र सुरक्षाकर्मीलाई थप १५ लाखको र सञ्चारकर्मीलाई १५ लाखको बीमा गर्ने साथै सबै अस्पतालमा विकास समिति मातहत का स्वास्थ्यकर्मीका लागि पनि प्रोत्साहन भत्ता को व्यवस्था गरिने ।

३ सबै जिल्ला अस्पतालका लागि २० वटा भेन्टिलेटरको खरिद गर्ने ।

४ सबै जिल्ला प्रशासन कार्यालयलाई ५ लाखका दरले र नेपाली सेना , ससस्त्र प्रहरि र नेपाल प्रहरिको लागी १५ लाखका दरले व्यवस्थापनको लागि रकम उपलब्ध गराउने ।

५ कोष सन्चालन निर्देशिका र राहत वितरण मापदण्ड पारित ।

६ प्रदेशमा फाल्गुन मसान्तसम्म तिर्नुपर्ने कर , सुल्क र दस्तुरको अबधि बैसाख मसान्त सम्म थप गर्ने ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?