काठमाडौं । नेपाल कम्युनिस्ट पार्टी (नेकपा) का अध्यक्ष पुष्पकमल दाहाल प्रचण्डले कोरोना भाइरस रोकथाम तथा नियन्त्रणका लागि सर्वपक्षीय संरचना बनाउन आवश्यक रहेको बताएका छन् ।
अध्यक्ष दाहालले विश्वव्यापी चुनौतीको रुपमा रहेको कोरोनाको सामना गर्न सत्तापक्ष, प्रतिपक्ष लगायत सवै दल सम्मिलित संरचना बनाएर अघि बढ्न सकेमात्र सफल हुने बताएका हुन् ।
बिहीबार टेलिभिजन अन्तर्वार्तामा अध्यक्ष प्रचण्डले सवैको सहभागीतामा बनाइने त्यस्तो संरचना प्रधानमन्त्रीको नेतृत्वमा बनाउन सकिने भन्दै त्यसबारे प्रधानमन्त्री केपी ओलीसँग पनि आफुले छलफल गर्ने बताए ।
यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?










प्रतिक्रिया