नेपालमा कोरोना टेष्टको संख्यामा सुधार, बुधवार मात्र ल्याबमा २५६ जनाको परीक्षण

लोकपथ
0
Shares

काठमाडौं । नेपालमा कोरोना भाइरस संक्रमण परिक्षण गर्ने ल्याब टेष्ट संख्यामा वृद्धि भएको छ ।

स्वास्थ्य तथा जनसंख्या मन्त्रालयका प्रवक्ता डा. विकास देवकोटा नियमित पत्रकार सम्मेलनमा दिएको जानकारी अनुसार बुधबार ल्याबमा २५६ जनाको परीक्षण गरिएको छ ।

साथै गरिएका सबैको रिजल्ट नेगेटिभ आएको देवकोटाले जानकारी दिएका छन् । साथै १७९ वटा नमुना परीक्षणको नतिजा आउन बाँकी रहेको जनाइएको छ ।

जस अनुसार टेकुस्थित राष्ट्रिय जनस्वास्थ्य प्रयोगशालामा मात्र १६९ टेष्ट भएको छ । भने गरिएका सबै टेष्टबाट नेगेटिभ रिपोर्ट आएको जनाइएको छ । त्यस्तै वीपी कोइराला स्वास्थ्य विज्ञान प्रतिष्ठान धरानमा बुधबार गरिएको १८ टेष्टको नतिजा नेगेटिभ आएको छ भने ४० वटाको नजिता आउन बाँकी छ । पोखरा स्वास्थ्य विज्ञान प्रतिष्ठानमा २४ टेष्ट भएको छ भने ८२ वटा नमुनाको रिपोर्ट आउन बाँकी रहेको छ ।

यसअघि सबै स्थानमा गरेर दिनमा सयभन्दा कम संख्यामा परीक्षण हुने गरेको थियो । र, सुस्त गतिमा टेष्ट गरेको भन्दै विज्ञहरुले आलोचना गरेका थिए ।

नेपालमा यसलाई जनस्वास्थ्य विज्ञहरुले उत्साहजनक सुधार भनेका छन् । हालसम्म नेपालमा कोरोना संक्रमितको संख्या ९ पुगेको छ । भने १ जना उपचारपछि घर फर्किएका छन् ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?